+
+

आन्दोलनकारीले नाबालक र महिलालाई ढाल बनाए : गृह मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १५ गते २०:३९

१५ भदौ, काठमाडौं । आन्दोलनकारीले प्रहरीमाथि नै आक्रमण गरेपछि पर्साको वीरगञ्जमा गोली चलाउनु परेको गृह मन्त्रालयले जनाएको छ ।

Ministry of Homeमन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गरी पर्सामा प्रहरीले हवा फायर गर्दा चार जनाको मृत्यु भएको पुष्टि गरेको छ । तीन जना घाइतेलाई काठमाडौं ल्याइएको छ भने केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सीमाकंनको विरोधमा आन्दोलनरत पक्षले नाबालक र महिलालाई ढाल बनाएर उत्तेजक गतिविधि गर्दा सुरक्षा चुनौती थप गम्भीर बनेको गृह मन्त्रालयले जनाएको छ ।

बारामा आन्दोलनकारीले प्रहरी नायव उपरीक्षकको सञ्चार सेट समेत खोसेको मन्त्रालयले बताएको छ । गृह मन्त्रालयका अनुसार भिड तितरवितर पार्न प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर गर्दा एक जनाको मृत्यु भएको छ ।

शान्ति सुरक्षा कायम गर्न हदैसम्म संयमता अपनाएको भन्दै गृह मन्त्रालयले प्रदर्शनकारी उत्तेजित पार्ने काम नगर्न र सबैलाई संयमता अपनाउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?