+
+

गाडी किन्न कुन बैंकले कति व्याजदरमा ऋण दिन्छन् ?

२८ भदौ, काठमाडौं । तपाई गाडी वा मोटरसाइकल किन्ने सोचमा हुनुहुन्छ भने ढिलो नगर्नुहोस् । तत्कालै किन्नुभयो भने आकर्षक छुट र बैंकको सस्तो व्याजदर पाउनुहुने छ । अनि भएन त तपाईका दुबै हातमा लड्डु ?
राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि ६ दिनसम्म चल्ने ‘नाडा अटो शो’मा आकर्षक छुटको व्यवस्था छ । छुट भएर के गर्नु अहिले अाफूसँग पैसा छैन भनेर मन मारेर बस्नु पर्दैन । बैंकहरु तपाईलाई ऋण दिन तयार छन् । तर, बैंकबाट ऋण पाउन भरपर्दो आम्दानीको स्रोतचाहीँ तपाईसँग हुनुपर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २८ गते १६:४५

Hyundai-Creta Suv Final 3पुष्प दुलाल

२८ भदौ, काठमाडौं । तपाई गाडी वा मोटरसाइकल किन्ने सोचमा हुनुहुन्छ भने ढिलो नगर्नुहोस् । तत्कालै किन्नुभयो भने आकर्षक छुट र बैंकको सस्तो व्याजदर पाउनुहुने छ । अनि भएन त तपाईका दुबै हातमा लड्डु ?

राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि ६ दिनसम्म चल्ने ‘नाडा अटो शो’मा आकर्षक छुटको व्यवस्था छ ।  छुट  भएर के गर्नु  अहिले अाफूसँग पैसा छैन भनेर मन मारेर बस्नु पर्दैन ।

किन्ने इच्छा देखाउनोस्, बैंकहरु तपाईलाई ऋण दिन तयार छन् । तर, बैंकबाट ऋण पाउन भरपर्दो आम्दानीको स्रोतचाहीँ तपाईसँग हुनुपर्छ ।

मेलालाई लक्षित गरी बैंकहरुले अटो कर्जामा विषेश सहुलियतको व्यवस्था गरेको बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

पौडेलका अनुसार वाणिज्य बैंकहरु हाल साढे १० खर्ब ऋण प्रवाह गरेका छन् । त्यसमध्ये ८० अर्ब रुपैयाँ अटो क्षेत्रमा लगानी छ ।

अटो शोका अवसरमा बैंकहरुले ग्राहक आकषिर्त गर्न आकर्षक स्किमहरु ल्याउने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । दाहालका अनुसार बैंकहरूले नियमित आम्दानी भएका ग्राहकलाई कूल मुल्यको ७० देखि ८० प्रतिशतसम्म अटो लोन दिनेछन् ।

‘त्यो स्किम ब्याजदर र सेवा शुल्कमा छुट पनि हुनसक्छ ।’ दाहालले भने- अन्य पनि हुन सक्छ ।’

राजनीतिक अस्थिरताका कारण लगानीका अन्य क्षेत्र विस्तार हुन नसक्दा बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) थुप्रिएकाले पछिल्ला वर्षहरुमा अटो क्षेत्र बैंकहरुका लागि लगानीको आकर्षक क्षेत्रकोरुपमा स्थापित हुँदैछ ।

९९ प्रतिशत असूली

नेपालीहरुको आम्दानी बढेसँगै निजी सवारीसाधनका प्रयोगकर्ताहरु बढेका छन् । प्रयोगकर्ता बढेसँगै बैंकबाट ऋण लिनेहरुको संख्या पनि बढेको छ ।

तर, बैंकहरुले सवारी साधनमा विस्तार गरेको कर्जा ९९ प्रतिशत बढी असूल भइरहेको दाहाल बताउँछन् । सानिमा बैंकको अटोलोन ९९.९९ प्रतिशत असूल भएको उनको भनाई थियो ।

‘आम्दानी कम भएपनि गाडी चढ्ने सीमित ग्राहकलाई दिइएको ऋण मात्रै डिफल्ट देखिएको छ । कम आम्दानी भएका ग्राहकलाई हतपत बैंकले पनि ऋण दिँदैन् ।’ उनले भने- त्यसैले फाट्टफुट्टबाहेक अटोलोनको असूलीको अवस्था अत्यन्तै राम्रो छ ।’

२५ लाखको गाडी कन्नि कति कमाइ ?

बैंकबाट ऋण लिएर २५ लाखको गाडी कन्नि खोज्ने ग्राहकको मासिक आम्दानी ७० देखि ७५ हजार रुपैयाँ हुनुपर्ने दाहाल बताउँछन् । २५ लाखको गाडी किन्ने मान्छेको मासिक घरखर्च ४० हजार हुने बैंकको विश्लेषण हुन्छ ।

बैंकहरुले कूल मूल्यको ७० देखि ८० प्रतिशतसम्म ऋण दिन्छन् । २५ लाखको गाडी किन्ने ग्राहकले अधिकतम २० लाख रुपैयाँसम्म ऋण पाउँछ । उसले मासिक २०/२२ हजार रुपैयाँ किस्ता तिर्नुपर्छ ।

६५ कम्पनीका १ सय २० स्टल

मेलामा ६५ वटा कम्पनीका सवारी साधन, पाटपुर्जा तथा अन्य सेवाजन्य गरी १ सय २० स्टल रहने आयोजकले बताएको छ । मेलामा १४ ब्राण्डका चारपांग्रे, १५ ब्राण्डका दुइपांग्रे र ५ ब्राण्डका हेभी कमर्शियल भेइकल प्रदर्शनीमा राखिने छ । मेलामा ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

प्रदर्शनीमा कुन-कुन ब्राण्ड ?

मेलामा डाटसुन, दाइहात्सु, फियट, फोर्ड, होन्डा, हुन्डाई, किया, निशान, स्कोडा, सुजुकी, टाटा, टोयोटा, फक्सवागन, अशोक ले ल्यान्ड, भारत बेञ्ज, स्कोर्टस, अपि्रलिया, एमभी अगष्टा, बजाज, बेनिली, हिरो, हिरो इलेक्टि्रक, होन्डा बाइक, केटीएम, महिन्द्रा , रोयल इन्फिल्ड, सुजुकी बाइक, टीभीएस बाइक, भेष्पा र यामाहागायतका ब्रान्डहरु प्रर्दशनीमा रहनेछन् ।

अरु के के ?

यसका अलवा बैंक तथा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुबि्रकेन्ट, टायर, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एशोसेरिजहरु प्रर्दशनी तथा बिक्रीमा राखिने छ । उपभोक्तालाई सहज होस भनेर दूई पाङ्ग्रे, चार पाङ्ग्रे र हेभी गाडीहरुको स्टल छुट्टाछुट्टै राखिने भएको छ । नेपाली उत्पादनलाई प्राथमिकतामा राखेर प्रर्दशनी गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?