१२ असोज, काठमाडौं । डीटीएच प्रविधिबाट टीभी च्यानलहरु वितरण गर्ने डीसहोमले पनि भारतीय टीभी च्यानलहरु प्रशारणमा रोक लगाएको छ ।
संविधानलाई लिएर असन्तुष्ट भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरेको विरोधमा केबल टेलिभिजनहरुले भारतीय टीभी च्यानलहरु प्रशारण रोकेको छ । लगतै डीसहोमले पनि भारतीय टीभी च्यानलहरु प्रशारणमा रोक लगाइएको जानकारी गराएको छ ।
अघोषित नाकाबन्दी तथा त्यसबाट उत्पन्न असहज परिस्थिति द दबानजका कारण केही च्यानलहरुमा रोक लगाइएको डीसहोमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4