+
+

सेयर बजार ९ अंकले सुध्रियो

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १२ गते १७:१७

१२ असोज, काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण बिचलित भएको सेयरबजारमा मंगलबार समान्य सुधार देखिएको छ । बजारमा कारोबार भएका सबै समूह हरियो हुँदा परिसूचक ९ दशमलव २१ अंकले उकालो लाग्यो ।

nepase-today

विभिन्न कम्पनिहरुको बोनस सेयरको प्रभावले बजारलाई हरियो बनाउन मद्दत गैरहेको हो । बैंकिङ समूह १२ दशमलव ४९ अंकले माथि जाँदा बीमा समूह पनि २७ दशमलव १७ अंकले उक्लियो । जलविद्युत समूह १३ दशमलव ९६ अंकले हरियो भयो भने विकास बैंक, ब्यापार, होटल र वित्त समूह पनि समान्य सुध्रिए ।

कारोबार खुलेदेखि नै उकालो लागेको बजार ११ सय ६९ दशमलव ३० अंकमा पुगेर बन्द भयो । दिनभरमा १ सय २० कम्पनिका ७ लाख ८३ हजार सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

त्यस अवधिमा ४६ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । कारोबार रकमका आधारमा बैंक अफ काठमाडौं र सानिमा बैंक माथि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?