+
+

कागज अभावले दैनिक पत्रिका बन्द गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १३ गते ९:५८

१३ असोज, मोरङ । भारतले लगाएको अघोषित नाकाबन्दीका कारण कागज अभाव भएपछि विराटनगरबाट प्रकाशन हुँदै आएको सबै दैनिक पत्रिका बन्द गर्ने निर्णय भएको छ ।

FNJ_logoसम्पादक तथा प्रकाशकको मङ्गलबार विराटनगरमा बसेको बैठकले बुधबारदेखि सबै पत्रिका बन्द गर्ने निर्णय गरेको नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष महेन्द्र विष्टले जानकारी दिए । विराटनगरबाट उद्घोष, उज्यालो, जन विद्रोह, दर्शन, विराटपथ र न्यू सृष्टि दैनिक प्रकाशन हुँदै आएका छन् ।

सम्पादक तथा प्रकाशकले मङ्गलबार जारी गरेको विज्ञप्तिमा लामो आमहडतालका कारण दैनिक पत्रिकाले आर्थिक र भौतिक क्षति बेहोरेर पनि प्रकाशनलाई निरन्तरता दिँदै आएकामा अहिले विराटनगर बाहिर पत्रिका वितरण गर्न नसकिएको उल्लेख गरिएको छ ।

विराटनगरमा डेढ महिनादेखि बन्द जारी हुँदा दैनिक जनजीवन अति नै प्रभावित बनेको छ । पत्रिका प्रकाशन गर्न चाहिने कागजका साथै विज्ञापनको अभाव र आर्थिक सङ्कट पनि पत्रिका बन्द गर्नुपर्ने कारण भएको बताइएको छ । विराटनगरको उज्यालो पत्र दैनिकका सम्पादक यज्ञ शर्माले प्रेसमा कागजको अभाव भएकाले पत्रिका प्रकाशन गर्न नसकिएको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?