रविन भट्टराई
१४ असोज, ताप्लेजुङ । हङ्कङ्गमा रहेका ताप्लेजुङ्गेहरुले संकलन गरेको राहत रकम ताप्लेजुङका पहिरोपीडित नाल्बो परिवारलाई वितरण गरिएको छ ।
हङ्कङ्गमा रहेर विभिन्न कम्पनीमा काम गरिरहेका सान्थाक्रा, नाल्बो, लिङ्तेप, खाम्लुङ र थिङ्लाबु गाविसका युवाहरुले संकलन गरेको तीन लाख ६० हजार रुपैयाँ एक कार्यक्रमका बीच पहिरोपीडित २१ परिवारलाई वितरण गरिएको हो ।
ताप्लेजुङमा गएको पहिरोमा परी विस्थापित भएको बारेको समाचार अनलाइनखबरमा प्रकाशित भएपछि हङकङमा भएका ताप्लेजुङेहरुले रकम संकलन गरेको त्यो रकम नाल्बो समाज सेवा समिति ताप्लेजुङले वितरण गरेको सेवा समितिका केन्दि्रय उपाध्यक्ष जय नारायण नाल्बोले बताए ।
संकलित रकमबाट मृतक पाँच जनाको परिवारलाई प्रतिपरिवार ४० हजार, पुर्ण विस्थापित १३ परिवारलाई प्रतिपरिवार १० हजार र आंशिक तीन परिवारलाई प्रतिपरिवार तीन हजारका दरले रकम वितरण गरिएको सेवा समितिका सचिव मदन कुमार नाल्बोले बताए ।
प्रतिक्रिया 4