बलिउडका केही नायक तथा नायिका सलमान खानको सल्लाहामा अगाडि बढ्छन् । यस्तै सल्लाहामा अहिले नायिका डेजी शाह पनि चल्ने गरेकी छिन् । सलमानसँग चलचित्र ‘जय हो’मा काम गरेर बलिउडमा पाइला चालेकी डेजी अहिले चर्चामा छिन् । चलचित्र ‘हेट स्टोरी ३’को ट्रेलर सार्वजनिक भएपछि एकाएक चर्चामा आएकी छिन् डेजी ।
यो चलचित्रमा डेजी नायक करण सिंहसँग दिएको बोल्ड र कामुक दृश्यले खुबै चर्चा पाएको छ । जसका कारण पनि सलमानसँग डेब्यू गरेकी नायिकाको शैलीलाई लिएर विभिन्न खालका आलोचना पनि भैरहेको छ ।
तर, यी सुन्दरी आफूले नायक सलमान खानकै सल्लाहामा यस्तो बोल्ड चलचित्रमा काम गरेको बताउँछिन् ।
उनले संचारमाध्यमसँग भनिन्-‘अफर आएपछि चलचित्रमा काम नगर्ने मैले निर्णय गरेकी थिएँ । तर, सलमान खानले कलाकार भएपछि यस्तो र उस्तो भूमिका भनेर छाड्न नहुने भन्दै काम गर्न सल्लाहा दिएका थिए ।’ सलमानकै सल्लाहामा आफूले यस्तो कामुक दृश्य दिएको सुन्दरीको भनाई छ ।
यो चलचित्रमा नायिका जरिन खानले झन् सिमा नै पार गरिदिएकी छिन् । उनी पनि सलमानको चलचित्र ‘विर’बाट बलिउडमा पाइला राखेकी नायिका हुन् । चलचित्रमा नायक सलमान खान लिपलकमा पनि आपत्ती जनाउछन् । तर, उनी नायिकालाई भने बेडसिन र चुम्बनका दृश्य दिन सल्लाहा दिन्छन् । आखिर, सलमानको यो कस्तो शैली हो ?
प्रतिक्रिया 4