+
+
Shares

म्याच फिक्सिङमा पक्राउ खेलाडी धरौटीमा छुटे

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २५ गते १:००

Football-Player

२४ कात्तिक, काठमाडौं । विशेष अदालतको आदेशपछि म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडी र प्रशिक्षकलाई धरौटीमा छुटेका छन् ।

प्रहरीले खेलाडीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा जन्मकैदको माग गर्दै मुद्धा दायर गरेको थियो । तर, थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीश मोहनरमन भट्टराई, सदस्यहरु भुपेन्द्रप्रसाद राई र महेश प्रसाद पुडारसैनीले धरौटीमा छाड्न आदेश दिएको हो ।

अभियुक्तहरुले म्याच फिक्सिङको आरोप अस्वीकार गरेपनि प्रहरीले पेश गरेको अडियो-भिडियो अध्ययनमा अन्जन केसी र रितेश थापाले रकम बुझेको देखिएको अदालतले बताएको छ ।

विशेष अदालतको आदेशमा प्रतिवादीहरुले कसुर गरेकै होइन भन्ने अवस्था नदेखिएको उल्लेख छ ।

तर, सबैलाई धरौटीमा छाड्न आदेश भएको छ । फैसलामा भनिएको छ-‘सो रकम म्याच फिक्सिङ बाहेकको यस बैध कारण र आधारबाट प्राप्त भएको भन्ने प्रतिवादीहरुको बयान समेतका मिसिल संलग्न कागजातबाट देख्न नआए तापनि राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६ को दाबीको राष्ट्र विप्लव भनेको के हो भन्ने विषयवस्तु र प्रस्तुत म्याच फिक्सिङ भन्ने विषयलाई सोही परिभाषाभित्र पर्ने भनी दाबी गरिएको विषय समेतको परिप्रेक्ष तथा यसरी विदेशमा राष्ट्रको तर्फबाट खेल्न गएका खेलाडीहरुलाई अनौपचारिक रुपमा प्राप्त भएको रकमको संवेदनशीलता समेतलाई विचार गरी पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रतिवादीहरुले कसुर गरेकै होइन रहेछ भनी हाल्ने मिल्ने अवस्था तत्काल नदेखिएकाले .. धरौटी माग गरिएको छ ।’

अदालतले प्रशिक्षक अन्जन केसी र गोलकिपर रितेश थापासँग ५ लाख धरौटी मागेको छ । निलम्बित कप्तान सागर थापसँग १ लाख ५० हजार र अन्यलाई ५० हजार धरौटी मागेको छ ।

भिडियो

धरौटीमा छुटेपछि राष्ट्रिय टोलीका निलम्बित कप्तान सागर थापाले अदालतले धरौटीमा छाडेकोमा खुसी व्यक्त गरे । थापाले भने-अदालतले छाडेको छ, हामी यसमा नै खुसी छौं । जुन प्रक्रिया अघि बढेको छ, हामी चाहन्छौं यसबाटै नै हामी निर्देष छौं भनेर देख्न सक्छौं ।’

म्याच फिक्सिङको आरोपमा सागरासहित उपकप्तान सन्दिप राई, गोलकिपर रितेश थापा, पूर्व खेलाडी विकास सिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई प्रहरीले २७ गते पक्राउ गरेको थियो ।

प्रहरीले नेपालले २००८ देखि खेलेका अन्तराष्ट्रिय खेलमा पैसा लिएर हारेको आरोप लगाएको छ । प्रहरीले अभियुक्तहरुले फिक्सिङ स्वीकार गरेको प्रहरीले दाबी गरेपनि अदालतसमक्ष भने अस्वीकार गरेका छन् ।

सागरले आफूहरु पाँच जनाका कारण नेपाली फुटबललाई माया गर्नु नछाड्न समर्थकहरुलाई आग्रह गरे । अन्य खेलाडीहरुले भने कुनै प्रतिक्रिया दिन मानेनन् ।

खेलाडीहरुलाई लिन परिवारका सदस्यहरु अदालत पुगेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?