Comments Add Comment

आफ्नो जिमेललाई यसरी बनाउनुस् सुपरकूल

gmail vs outlook

ह्वाट्सएपको प्रयोग गर्दा देख्नुभएको हेला की जब तपाइँको मेसेज डेलिभर हुन्छ तब त्यहाँ दुइ साना साना मार्क देखापर्छन् । जब प्रापकले तपाइँको मेसेज पढ्दछ तब ती मार्कको रंग बदलिन्छ र निलो बन्दछ । यदि यो फिचर जिमेलमा पनि भयो भने कति राम्रो होला ? के तपाइँले यस्तो फिचरको प्रयोग जिमेलमा गर्नुभएको छ ? छैन भने अब गर्नुहोस् ।

क्रोम ब्राउजरको फ्रि एक्स्टेन्सन मेलट्रयाकको माध्यमबाट ह्वाट्सएपको जस्तै यो फिचर जिमेलमा पनि जोड्न सक्नुहुन्छ । तपाइँ जब यसलाई डेक्स्टपमा इन्स्टल गर्नुहुन्छ तब फ्रि इमेल ट्रयाकिंग तथा इमेल नोटिफिकेसनको सुविधा मिल्नेछ । त्यसमा उक्त डाटा ६ महिनाका लागि स्टोर हुन्छ । जब तपाइँ यसको माध्यमबाट कसैलाई जिमेल पठाउनुहुन्छ भने सबै मेलमा मेलट्रयाक फिचर देखिनेछ ।

सेल्फ डिस्ट्रक्टिंग मेल

यसको अर्थ यो हो की जब तपाइँले कसैलाई इमेल पठाउनुहुन्छ भने तपाइँसँग यो अधिकार सुरक्षित रहन्छ की कहिले उक्त मेल प्रापकको इनबक्सबाट आफसेआफ डिलिट होस् । एक पटक उक्त मेल डिलिट भएसँगै प्रापकले उक्त इमेललाई पढ्न पाउँदैन । क्रोमको फ्रि एक्स्टेन्सन डिमेलको माध्यमबाट तपाइँले यो फिचरको उपयोग गर्न सक्नुहुन्छ । यसको आधारभुत सर्भिस निशुल्क रहेपनि थप अतिरिक्त फिचर प्राप्त गर्नका लागि भने पैसा तिर्नुपर्ने हुन्छ ।

शेड्युल मेल

क्रोमको निशुल्क मेल टू क्लाउड एक्सटेनसनको माध्यमबाट तपाइँ आफ्ना जिमेलको मेललाई समयतालिकामा हाल्न सक्नुहुन्छ । तपाइँले यसको माध्यमबाट इमेल पठाउने तिथिमिति तथा समय पहिले नै तय गर्न सक्नुहुन्छ । मेलको सेभ तथा शेयर फिचर्स आफै पिडिएफ फाइलमा क्लाउड स्टोरेज बक्समा सेभ हुन्छ । यसका साथै तपाइँले यसमा इमेल ट्रयाकिंग तथा सेल्फ डिस्ट्रक्ट जस्ता सुविधा पनि प्राप्त गर्न सक्नुहुन्छ ।

स्पामबाट छुटकारा

जिमेलमा स्पाम मेलहरुले पनि दिक्क पारिरहन्छन् । अनरोल डट मीको माध्यमबाट अवान्छित मेलहरुबाट छुटकारा पाउन सकिन्छ । यसले तपाइँको इनबक्सलाई स्क्यान गर्नेमात्र होइन तपाइँले सब्सक्राइब गरेका सर्भिसको सूचि तयार गरिदिन्छ । उक्त सूचिबाट तपाइँले नचाहिने सर्भिसलाई हटाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment