+

श्रीलंकामाथि जितपछि प्रशिक्षक खड्काले भने : सन्तुष्ट छु

२०७५ चैत  ६ गते १३:५० २०७५ चैत ६ गते १३:५०
श्रीलंकामाथि जितपछि प्रशिक्षक खड्काले भने : सन्तुष्ट छु

६ चैत, विराटनगर । नेपाली महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएका छन् ।

विराटनगरको शहीद रंगशालामा बुधबार सेमिफाइनल खेलमा श्रीलंकालाई ४–० ले पराजित गरेपछि प्रशिक्षक खड्काले खुशी व्यक्त गरेका हुन् ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘नतिजाबाट म सन्तुष्ट छु । पहिलो हाफको तुलनामा दोस्रो हाफमा राम्रो खेल्यौं । पहिलो हाफमा गोल मात्र ननिक्लिएको हो ।’

उनले अघि भने ‘सेमिफाइनलमा यतिको गोलअन्तरमा जित हात पार्नु राम्रो हो । अब फाइनलमा पनि यही नतिजालाई निरन्तर दिदै उपाधि जित्छौं ।’

कप्तान निरु थापाले फाइनलका लागि आफूहरु तयार भएको बताएकी छिन् । उनले भनिन् ‘हामी फाइनलको लागि तयार छौं । श्रीलंकाविरुद्ध पहिलो हाफमा केही नमिलेको जस्तो भयो तर दोस्रो हाफमा सुधार्‍यौं ।’

यता, श्रीलंकाका प्रशिक्षकले भने नेपालसँग सुरुवातदेखि नै दबाबमा परेको बताए ।

नेपालले अब फाइनलमा भारत र बंगलादेशबीचको विजेतासँग चैत ८ गते खेल्नेछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय