+

प्रशिक्षक बालगोपाल साहुखलले प्राप्त गरे एएफसी प्रो लाइसेन्स

२०८३ असोज  १६ गते १४:२९ २०८३ असोज १६ गते १४:२९

१६ असोज, काठमाडौं । नेपाली फुटबलका पूर्वखेलाडी तथा प्रशिक्षक बालगोपाल साहुखलले प्रोफेसनल डिप्लोमा कोचिङ कोर्ष पूरा गरेका छन् । यो कोर्ष पूरा गरेसँगै उनी प्रो लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली प्रशिक्षक बनेका छन् ।

फुटबल अस्ट्रेलिया र एसियन फुटबल महासंघ (एएफसी) बाट मान्यता प्राप्त यो कोर्ष व्यावसायिक फुटबलको उच्च तहमा प्रशिक्षण दिन चाहने प्रशिक्षकका लागि तयार गरिएको थियो ।

कोर्षमा उन्नत प्रशिक्षण रणनीति, नेतृत्व, व्यावसायिक वातावरणमा प्रशिक्षक टोली व्यवस्थापन तथा खेलाडी विकासलगायतका विषय समेटिएका थिए ।

साहुखलको कोर्ष सिड्नी फुटबल एसोसिएसनअन्तर्गत सञ्चालन भएको थियो । एक वर्ष अवधिको कोर्ष चार चरणमा सम्पन्न भएको हो ।

साहुखलले आफ्नो यात्रामा साथ दिने सबैप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘मेरो यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद ।’

साहुखलले नेपालको ए डिभिजन क्लबबाट फुटबल खेलेका छन् । उनी उमेर समूहको प्रशिक्षकका रूपमा पनि काम गरिसकेका छन् ।

प्रो लाइसेन्स बालगोपाल साहुखल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय