सातौँ सँस्करणको मिस पोखराको ताज सबिना राना भुजेलले जितेकी छन् । पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा अन्य १९ जना प्रतियोगीहरुलाई पछाडि पार्दै उनले उपाधि आफ्नो पोल्टामा पारेकी हुन् ।
मिस पोखराको टाईटल जितेसँगै सबिनाले मिस पोखराको अबको सँस्करणमा सोझै सहभागिता जनाउन पाउनेछिन् । त्यो सँगै उनले नगद ५० हजार रुपैँया, एउटा स्कुटर र गोल्डेन क्राउन प्राप्त गरिन् । मिस पोखराको विजेताले गोल्डेन क्राउन पहिरिएको यो पहिलो पटक हो ।
प्रतियोगितामा मञ्जिता खनाल फस्ट रनरअप भईन् भने लोचन बस्याल सेकेन्ड रनरअप भईन् । सेकेन्ड रनरअप बसेलले सँगसँगै बेस्ट फोटोजेनिक टाईटल पनि आˆनो पोल्टामा पारिन् । त्यसैगरि बेस्ट पर्सनालिटिको उपाधी सलिफा गुरुङको पोल्टामा पर्यो ।
मोस्ट ट्यालेन्ट टाईटल आरजु घोताने गुरुङ, बेस्ट क्याटवाक र भ्यूअर्स च्वाईस टाईटल सलिना राज्यलक्ष्मी राणाले जिते । त्यस्तै मिस पपुलारिटि टाईटल अनु रेग्मी र बेस्ट स्माईल तथा बेस्ट ड्रेस टाईटल सिर्जना विश्वकर्माको हातमा पर्यो । मिस पोखराको ग्राण्ड फिनालेमा गोपाल कक्षपती, संचारकर्मी महेश भण्डारी, ब्यूटिसियन चिनु गुरुङ, अप्सरा बस्नेत लगाएत निणर्ायकको रुपमा रहेका थिए ।
प्रतिक्रिया 4