बार्सिलोना । बागलुङ् काँडेबास पचुवामा रहेको शिव उच्च माध्यमिक बिद्यालयमा ई-लाईब्रेरी स्थापना गर्ने भन्दै सहयोग संकलन सुरु गरेको ३ दिन भित्रमा नै आबश्यक रकम जुटेको छ। ई-लाईब्रेरी स्थापना गर्न करिब ७ लाख ५० हजार रुपैयाँ जुटाउँने लक्ष्य सहित संकलन अभियान जारी भए पनि ३ दिन भित्रमा नै आबश्यकता भन्दा बढी रकम जुटेको हो । हाल सम्म ८ लाख १८ हजार ७ सय ८८ रुपैयाँ संकलन भईसकेको हुँदा बिद्यालयमा ई- लाईब्रेरी बन्ने निश्चित भएको छ ।
पठनपाठन एबम् शैक्षिक गुणस्तरमा सुधारका लागि ई – लाईब्रेरीको आबश्यकता भएको भन्दै बिद्यालयले सहयोगको अपिल गर्दै पत्राचार गरे पछि रकम संकलन सुरु भएको थियो। बिदेशमा रहेका भूपू बिद्यार्थीहरुलाई लक्षित गर्दै ई -लाईबेरी स्थापनाका लागि अपिल गर्दै प्रधानध्यापक हरिप्रसाद चालिसेले डेनमार्क निबासी सोम सापकोटालाई संयोजनकर्ताको रुपमा जिम्मेबारी दिदै पत्राचार गरेका थिए।
ई-लाईब्रेरी जडानमा लाग्ने सम्पूर्ण खर्च आँफुले सहयोग गर्ने प्रतिबद्दता जाहेर गरेका एनआरएनए आईसीसी सदस्य समेत रहेका सापकोटाले छोटो समयमा लक्ष्य पुरा भएको भन्दै खुशी ब्यक्त गरेका छन्। यस्तै सापकोटाको नै पहलमा निर्माणाधीन अवस्थामा रहेको उदय बौद्ध विहार तथा बौद्ध स्तुपा निर्माण कार्य सम्पन्नका लागि पनि सहयोग संकलन कार्य जारी रहेको छ। हाल सम्म १२ लाख रुपैयाँ भन्दा बढी रकम संकलन भईसकेको छ।
ई- लाईब्रेरी स्थापना सहयोगार्थ अभियानमा हालसम्म गोबिन्द कडेल(स्कटल्याण्ड, युके) ५१ हजार १ सय ११ रुपैयाँ,प्रेम कँडेल (अमेरिका) ५० हजार रुपैयाँ,राजन कँडेल(युके) ५० हजार रुपैयाँ,नारायण प्रसाद कँडेल(स्बिजरल्याण्ड )५० हजार रुपैयाँ, नरी नारायण कँडेल(जापान) ३५ हजार रुपैयाँ, नबिन कँडेल(स्कटल्याण्ड युके) ५५ हजार ५ सय ५५ रुपैयाँ, खिम कँडेल (जापान) ५० हजार रुपैयाँ, गुरु प्रसाद सापकोटा(जापान) २० हजार यान, अमृत/टंक कँडेल (अमेरिका) एक लाख १ रुपैयाँ, हिरा कँडेल(अष्ट्रेलिया)५० हजार रुपैयाँ, प्रकाश/सुबास कँडेल (जापान) ५० हजार रुपैयाँ, शशी चालिसे (स्कटल्याण्ड युके )२५ हजार रुपैयाँ,राम प्रसाद कँडेल(काठमाडौ) २५ हजार रुपैयाँ,प्रमानन्ध कँडेलले(नबलपरासी) २० हजार रुपैयाँ सहयोग गरेका छन्।
यस्तै कुल केसीले (अष्टेलिया) बाट १० हजार रुपैयाँ, दिनेश कँडेल(पोर्चुगल)१० हजार रुपैयाँ, याम बहादुर बुढाथोकी(हङ्कङ्) ५ हजार रुपैयाँ, धन बहादुर केसी (स्कटल्याण्ड युके) ५० हजार रुपैयाँ,हरी कँडेल(अमेरिका) ५० हजार रुपैयाँ ,गंगा बिटौला(सुडान) ५ हजार ५ सय ५१ रुपैयाँ,सचित्र केसी (जापान)१० हजार रुपैयाँ,टिकाराम शर्मा (जापान) १० हजार रुपैयाँ र राम प्रसाद कँडेल (जापान) बाट ५१ हजार १ सय ११ रुपैयाँ सहयोग प्राप्त भएको छ।
बिक्रम सम्बत २०४० मा स्थापित स्कुलमा कक्षा १ देखि ५ सम्म अँगेजी माध्यम,६ र ७ कक्षाम अग्रेजी तथा नेपाली माध्यम र ८ देखि १२ सम्म नेपाली माध्यम पठनपाठन गरिदै आएको छ। ४ बटा भबन रहेको बिद्यालयमा ३ सय ४९ जना बिद्यार्थीहरु अध्ययनरत रहेका छन्। बिद्यार्थीहरुलाई अत्याबश्यक पर्ने पुस्तकालयलाई आर्थिक स्रोत अभाबमा बिद्यालयले ब्यबस्थित तथा नियमित संचालन गर्न सकिएको छैन।
ई-लाइब्रेरी स्थापनाको लागि भएको संकलन अभियानमा मिडिया संयोजकको रुपमा अनलाईनकर्मी बसन्त रानाभाट छन् ।
प्रतिक्रिया 4