Comments Add Comment

फेसबुकको प्रोफाइल पिक्चरले करिअरमै पार्नसक्छ असर

facebook-profile

के तपाइँको फेसबुकको प्रोफाइल पिक्चर इम्प्रेसिभ अर्थात् हेर्दैमा अरुलाई प्रभाव पार्ने खालको छ ? यदि छैन भने तत्कालै बदलिहाल्नुस् र इम्प्रेसिभ फोटो राख्नुस् । किनकी यसले तपाइँको करिअरमै ठूलो प्रभाव पार्नसक्छ । यदि फेसबुकको प्रोफाइल पिक्सर प्रभावकारी खालको राख्नुभयो भयो त्यसले तपाइँको करिअरमै सकारात्मक प्रभाव पार्नसक्छ । तर फेसबुकको प्रोफाइल पिक्चर दिक्कलाग्दो भयो वा तपाइँको व्यक्तित्वलाई झल्काउने खालको भएन भने त्यसले करिअरमै नकारात्मक असर पूराउने जोखिम हुन्छ । यो कुरा मनगढन्ते पाराले भनेको होइन । हालै गरिएको एक अनुसन्धानले यस्तो तथ्य पत्ता लगाएको हो ।

बेल्जियमको घेन्ट विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार आफ्नो बायोडाटामा राखिने फोटोभन्दा पनि फेसबुकको प्रोफाइलमा राखिने फोटोले राम्रो जागिर तथा अवसर दिलाउनमा मद्दत गर्दछ ।

शोधकर्ताका अनुसार जब कुनै व्यक्ति जागिर खोज्न जान्छ तब उसले बुझाउने बायोडाटा अध्ययन गर्दा रोजगारदाताले कमैमात्र जानकारी प्राप्त गर्न सक्छ । तर जब बायोडाटामा उल्लेखित फेसबुक आइडीमा गएर उसको फेसबुक प्रोफाइल हेर्दा रोजगार दाताले उक्त उमेद्धारको बारेमा निकै धेरै जानकारी प्राप्त गर्नसक्छ ।

रोजगारदाताले यसरी उमेद्धारको फेसबुक प्रोफाइल हेर्ने क्रममा सुरुमै उसको प्रोफाइल पिक्चरबाट प्रभावित हुन सकेन भने ऊ प्रथम दृष्टिमै अयोग्य हुने सम्भावना धेरै हुन्छ । तर यदि प्रोफाइल पिक्चर प्रभाव पार्ने खालको वा सुन्दर भयो भने रोजगारदाताले उमेद्धारको फेसबुक वालका अन्य पोष्टहरु पनि हेर्दै जान्छ र उसको पृष्ठभूमि, रुची, मनोविज्ञान, ज्ञानको दायरा आदिका विषयमा जानकारी हासिल गर्न सक्छ । यसले उक्त उमेद्धारले आफ्नो क्षमता अनुसारको जागिरमा छनोट हुने सम्भावना बढाउँछ ।

फेसबुक एक यस्तो सोसल मिडिया हो जसमा हरेक महिना लाखौँ नयाँ प्रयोगकर्ता जोडिइरहेका हुन्छन् । मानिसहरु फेसबुकमा निकै धेरै कुराहरु शेयर गरिरहेका हुन्छन् । आफ्ना साथी तथा परिवारसँग समेत शेयर नगरेका कुराहरु फेसबुकमा शेयर गरिएको हुन्छ कहिलेकाहीँ ।

सोही कारण फेसबुक कुनै व्यक्तिको बिहंगम व्यक्तित्वका विषयमा पत्ता लगाउन निकै सजिलो टूल बनिरहेको छ । त्यसैले फेसबुकमा व्यक्तिले गर्ने पोष्ट तथा अपलोड्सले कुनै व्यक्तिको निजी तथा सामाजिक जिवनमा मात्र होइन करिअरमै पनि प्रभाव पार्ने शोधकर्ताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment