+
+
Shares

यी हुन् दुनियाँका सबैभन्दा महँगा र सस्ता सहरहरु

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ६ गते १२:०९

हङ्गकङ्ग र सिंगापुरसँगै पेरिस विश्वको सबैभन्दा महंगो सहरको सूचीमा परेको छ ।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको वार्षिक सर्भेक्षण अनुसार यी तीन सहरहरु विश्वका सबैभन्दा महँगा सहरको सूचीमा पहिलो स्थानमा परेका हुन् ।

पछिल्लो ३० वर्षदेखि ईईयूले विश्वका १३३ सहरको जीवनयापनको खर्च तथा उपभोग्य सामानहरुको मूल्यको तुलनात्मक अध्ययन गरी सूची सार्वजनिक गर्दै आएको छ ।

तीसवर्षे इतिहासमा पहिलोपटक तीनवटा सहरहरु संयुक्त रुपमा पहिलो स्थानमा परेका हुन् ।

विश्वव्यापी जीवनयापन लागतको उक्त सर्भेका क्रममा खानेकुरा, पेय पदार्थ, उपभोग्य सेवाको महसुल, घरभाडा दर, यातायातमा गर्नुपर्ने खर्चलगायतका १ सय ६० वस्तु तथा सेवाको मूल्यको तुलना गरिन्छ । यसमा अमेरिकाको न्युयोर्क सहरको जीवनयापनका वस्तु तथा सेवाको मूल्यलाई मानक मानिएको हुन्छ ।

अघिल्लो वर्षको सूचीमा विश्वका सबैभन्दा महँगा १० सहरको सूचीमा चारवटा युरोपेली सहर परेका थिए र सो वर्ष पनि चारवटै रहेका छन् । अहिले पहिलो स्थानमा रहेको पेरिस गतवर्ष दोस्रो स्थानामा थियो ।

रिपोर्ट तयार पार्नेमध्येकी एक रोक्साना स्लावसेभाका अनुसार, पेरिस सन् २००३ देखि नै विश्वका महंगा सहरको टपटेनभित्र पर्दै आएको छ । अन्य युरोपेली देशहरुभन्दा पेरिसमा केवल रक्सी, यातायात र सूर्ती मात्रै सस्तो रहेको रिपोर्टमा उल्लेख छ ।

उदाहरणका लागि महिलाको हेयर कटिङ्गका लागि पेरिसमा औषत लागत ११९.०४ डलर छ भने जुरिच तथा जापानको ओसाकामा क्रमशः ७३.९७ र ५३.४६ लाग्दछ ।

यी हुन् दुनियाका सबैभन्दा महँगा सहरहरु

१. सिंगापुर

२. पेरिस (फ्रान्स)

३. हंगकङ

४. जुरिच (स्विजरल्याण्ड)

५. जेनेभा (स्विजरल्याण्ड)

६. ओसाका (जापान)

७. सिओल (दक्षिण कोरिया)

८. कोपनहेगन (डेनमार्क)

९. न्युयोर्क (अमेरिका)

१०. तेल अविव (इजरायल)

११. लस एन्जल्स (अमेरिका)

उल्लेखित सूचीअनुसार सिंगापुर लगातार पाँचौं वर्ष पनि विश्वको सबैभन्दा महँगो सहर बनेको छ । सन् २०१८ मा चौथो स्थानमा रहेको हंगकंङ अहिले ३ स्थान माथि चढेको हो ।

विश्वका सबैभन्दा महँगा ११ सहरको सूचीमा केवल दुईवटा मात्र उत्तर अमेरिकी सहर परेका छन् । जसमा न्युयोर्क र लस एन्जल्स रहेका छन् ।

विश्वका सबैभन्दा महँगा सहरको सूचीमा टपटेनभित्र मध्यपूर्वबाट केवल इजरायलको तेलअविव मात्र परेको छ ।

यस वर्ष मुद्राको मूल्यमा उतारचढावका कारण सहरहरुको महँगीको स्थानमा गत वर्षभन्दा उल्लेख्य परिवर्तन भएको छ । सोही कारण अर्जेन्टिना, ब्राजिल, टर्की तथा भेनेजुयलाजस्ता देशको खर्चमा उल्लेख्य रुपमा कमी आएको छ ।

गत वर्ष भेनेजुयलामा महँगी दर १० लाख प्रतिशतसम्म पुग्यो । जसका कारण त्यहाँको सरकारले नयाँ मुद्रा नै लागू गर्नुपरेको थियो । जसका कारण भेनेजुयलाको राजधानी कराकास विश्वको सबैभन्दा सस्तो सहर बन्न पुग्यो ।

यी हुन् विश्वका सबैभन्दा सस्ता सहरहरु

१. कराकास (भेनेजुलया)

२. दमास्कस (सिरिया)

३. तासकन्द (उज्वेकिस्तान)

४. अल्माटी (कजाकिस्तान)

५. बंैगलोर (भारत)

६. कराँची (पाकिस्तान)

७. लागोस (नाइजेरिया)

८. ब्युनर्स आयर्स (अर्जेन्टिना)

९. चेन्नई (भारत)

१०. दिल्ली (भारत)

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?