Comments Add Comment

राजु रिजाललाई आईसीसीको क्लिन चिट: बढी उमेरको कुनै प्रमाण छैन

Raju Rijal

२० माघ, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाली यू-१९ क्रिकेट टीममा कप्तान राजु रिजाललाई उमेर विवादमा क्लिन चिट दिएको छ ।

राजु ओभर एजको भएको कुनै प्रमाण नभएको भन्दै आईसीसीले नेपालले राजुकै कप्तानीमा विश्वकपका बाँकी खेल सक्ने बताएको छ ।

बंगलादेशमा जारी विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारत खेलेका थिए । त्यही खेलपछि २५ वर्षका मुम्बईका क्रिकेटर कौस्तुभ पावरले नेपाली कप्तान राजु ओभर एजको भएको दाबी गरेका थिए, जसलाई भारतीय सञ्चार माध्यमहरुले निकै उछाले ।

यसबारे आईसीसीले औपचारिक प्रतिक्रिया दिएको छ । नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिता अघि नै पेश गरेको राजुको डकुमेन्टमा उनी १९ वर्षभन्दा बढी भएको कुनै संकेत नदेखिएको आईसीसीले जनाएको छ ।

पावरको दाबी थियो कि राजु यू-१५ मा मुम्बईबाट आफूसँग राजु शर्माको नामबाट खेलेका थिए । राजु २४/२५ वर्षको भएको उनको दाबी थियो ।

आईसीसीले भने आफूले नेपाल क्रिकेट संघ, कप्तान रिजाल र नेपाली टीम म्यानेजर सुदिप शर्मासँग कुरा गरेको बताएको छ ।

आईसीसीलाई उपलब्ध गराइएको राजुको पासपोर्ट र जन्मदर्ता लगायतका कागज पत्रको पनि अध्ययन गरिएको आईसीसीले जनाएको छ ।

नयाँ सूचना नआउँदासम्म आईसीसीले यसबारे नयाँ कुनै निर्णय नलिने र यो विषयको बहस बन्द  गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment