+
+

कार्यान्वयन क्षमता हेरेर बजेट ल्याउन अर्थविदको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १४ गते १६:३३

reporters club

१४ वैशाख, काठमाडौं । अर्थविदहरुले कार्यान्वयन गर्ने क्षमतालाई ख्याल गरेर आगामी बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । नेपालमा बजेट कार्यान्वयन प्रमुख समस्याको रुपमा रहँदै आएकाले कार्यान्वयन गर्ने क्षमतालाई ख्याल गर्नुपर्ने उनीहरुको सुझाव छ ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोख्रेलले योजना आयोगको सिलिङ्ग अनुसारको बजेट ठूलो हुने भन्दै मुलुकको बजेट कार्यान्वयनको क्षमता हेरेर बजेट ल्याउनुपर्ने बताए ।

उनले भने, ‘प्राविधिक र राजनीतिक समन्वय गरेर ल्याउन नसके बजेट असफल हुन्छ । प्रदेशको सन्दर्भमा बजेट सन्तुलित हुन्छ । बजेटलाई आफ्नो कार्यान्वयन गर्ने क्षमता हेरेर ल्याउनु पर्छ ।’

डा. पोख्रेलले बजेट वितरणमुखी, अल्पकालिन रुपमा पपुलर हुनेे पपुलिष्ट हुने सम्भावना रहेको भन्दै त्यस्तो भए बजेटले आर्थिक बृद्धि दर कम गर्ने तर्फ सचेत गराए ।
उनले पूर्वाधार विकास, पर्यटन, उर्जा, कृषि योजना कार्यान्वयनमा लगानी बढाउनु पर्ने भन्दै बजेट पपुलिष्ट भएपनि निजी क्षेत्रलाई उत्साहित गर्ने किसिमको सन्तुलित हुनु पर्नेमा जोड दिए ।

डा. पोख्रेलले सन् २०३० सम्म भेट्नु पर्ने बजेटमा दीगो विकास लक्ष्य,  २०२२ सम्म विकाशिल राष्ट्रको सूचिमा पुर्याउने लक्ष्य, मध्यमस्तरको आयस्रोत बनाउने लक्ष्यलाई एक अर्का सँग समन्वय गर्नु पर्ने भन्दै पुर्ननिर्माणमा क्रियाशिल बनाउने, नाकाबन्दीबाट तहस नहस भएको अर्थतन्त्र जगाउने र संविधान कार्यान्वयनलाई अघि बढाउने गरी बजेछट आउनु पर्ने बताए ।

कार्यक्रममा योजना आयोगका पूर्व उपाध्यक्षद्वय डा. शंकर शर्मा, दिपेन्द्रबहादुर क्षेत्री र अर्थविद डा. डिल्लीराज खनालले संविधानसभाबाट संविधान जारी भएपछि पहिलोपटक आउन लागेको बजेटको प्राथमिकता संविधान कार्यान्वयन, भूकम्प पछिको पुनर्निर्माण र पूर्वाधार विकास हुनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?