२१ वैशाख, काठमाडौं । नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साविकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ । बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको ‘हल्ला’ले तर्सन्छन् नागरिक दैनिकमा समाचार छ । किनकी, छिट्टै सरकार फेरिए उनीहरुलाई कम्तीमा चौथाइ काम दोहोरो पर्छ ।
संवैधानिक व्यवस्थाअनुसार आउँदो जेठ १५ मा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने गरी उनीहरु दिनरात खटिइरहेका छन् । कामकै बीच सरकार छिट्टै फेरिने हल्लाले भने उनीहरुको ध्यान भरंग मात्र पार्दैन, मानसिक रुपमा तनाबै थपिदिएको छ ।
एमाले, एमाओवादी र कांग्रेसको बजेट बनाउने प्राथमिकता फरक भएकाले सरकार परिवर्तन भए थप एक चरणको काम गर्नुपर्ने मानसिक दबाब उनीहरुमाथि थोपरिएको हो । अर्थ मन्त्रालयमा कार्यरत वरिष्ठ अधिकारीका अनुसार सरकार परिवर्तन भए बजेटमा फेरि करिब २५ प्रतिशत नयाँ काम गर्नुपर्छ ।
प्रतिक्रिया 4