+
+

सरकारबिरुद्ध आक्रामक हुन कांग्रेसद्वारा संसदलाई निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २२ गते ०:१०

sherbahadur deuba

२१ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पुनर्निर्माण प्रक्रिया तथा मधेस समस्याको समाधानका मामलामा सरकार पूर्ण असफल भएको भन्दै सरकारबिरुद्ध संसदमा आवाज उठाउन सांसदहरुलाई निर्देशन दिएको छ ।

दुई दिनसम्म बसेको संसदीय दलको बैठकपछि कांग्रेसले सांसद्हरुलाई सरकारका सबै कमजोरीहरुबारे  संसद्मा आवाज उठाउन निर्देशन दिएको हो । संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले भूकम्पको एक बर्ष बितिसक्दा समेत प्रभावितहरुको समस्या ज्युँका त्युँ रहेको तथा पूनर्निर्माणका लागि बिनियोजन गरिएको बजेट सदुपयोग नगरेकोबारे संसदमा कुरा उठाउनु पर्ने बताए ।

सभापति देउवाले मधेसी दलहरुले उठाएको सीमांकन हेरफेरको मागमा वार्तामार्फत सहमति खोज्न सकिने भएपनि सरकारले वार्ता गर्न तत्पर नदेखिएकाले संविधान कार्यन्वयन अप्ठेरोमा परेको बताए । संसदीय दलका नेतासमेत रहेका देउवाले सरकारमै भएका दलहरु समेत सरकारको कामबाट सन्तुष्ट नरहेको अवस्थामा प्रमुख प्रतिपक्षी दलले संसद्लाई सरकारमाथि प्रहार गर्ने अस्त्रका रुपमा उपयोग गर्नुपर्ने बताएको सांसद् महेश आचार्यले जानकारी दिए ।

बैठकमा सांसद्हरुले भने संविधानमा नै जेठ १५ गते बजेट प्रस्तुत गर्ने उल्लेख गरिएकाले सम्भव भएसम्म त्यो मिति पहिले नै सरकार ढाल्नुपर्ने र त्यसका लागि पार्टी नेतृत्वले सत्तारुढ एकीकृत नेकपा माओवादीसँग सरकारको विकल्पमाथि छलफल अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?