Comments Add Comment

तौल घटाउन लागिपरे आर्यन, नयाँ फिल्मका लागि हिरोको यस्तो मिहिनेत

aaryan sigdel
नायक आर्यन सिग्देल फिट नहु“दा उनको चर्को आलोचना भैरहेको छ । आर्यनले चलचित्र ‘क्लासिक’मा तौल घटाउनुपर्ने थियो । तर, त्यस्तो नभएपछि उनी फिट नदेखिएको भन्दै आलोचना भयो । हातमा आएका सबै चलचित्र गर्दा आर्यनले आफूलाई फिट राख्नतर्फ ध्यान दिएनन् ।

तर, अब भने आर्यन गम्भिर रुपमा आफूलाई क्यारेक्टर अनुसार ढाल्दैछन् । आर्यनका नजिकका साथी दिनेश राउतले निर्देशन गर्न लागेको नयाँ चलचित्रका लागि उनी शरीर घटाइरहेका छन् । आर्यनलाई यूवा लुकमा देखिनुपर्नेछ ।

चलचित्रको नाम दर्ता नभएकाले अहिले नै खुलाउन नमिल्ने निर्देशक राउतले बताए । तर, यो चलचित्रमा नायिकाको रुपमा नम्रता श्रेष्ठले नै काम गर्ने चर्चा छ । आर्यन र नम्रता नेपाली चलचित्रमा सुहाएको जोडीको रुपमा चर्चित छन् ।

चलचित्रको छायांकन थाइल्याण्डमा गरिने निर्देशक राउतले जानकारी दिए । उनका अनुसार, यो चलचित्र लभस्टोरी कथामा बन्नेछ । आर्यन जुन दिन फिट देखिन्छन्, सोही दिनदेखि चलचित्रको छायांकन सुरु गरिने दिनेशले जानकारी दिए ।

चलचित्र ‘कलिउड’ निर्माण गरेका विष्णु कार्कीले निर्माणमा आर्यनस“ग सहकार्य गरेका छन् । बाहिरी ब्यानरमा चलचित्र नगर्ने घोषणा गरेपछि आर्यन अहिले आफै चलचित्र निर्माणमा जुटेका हुन् । बर्षमा एउटा चलचित्र निर्माण गर्ने आर्यनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment