+
+

नांगो खुट्टाले दौडिँदा स्मरणशक्ति बढ्दछ

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ५ गते ८:५०

runजुत्ता लगाएर दौडिनु भन्दा नांगो खुट्टाले दौडिनु स्मरणशक्ति बढाउने मामिलामा बढि प्रभावकारी हुने अनुसन्धानले देखाएको छ ।

अमेरिकाको नर्थ फ्लोरिडा विश्वविद्यालयका शोधकर्ता ट्रासे एलेवेका अनुसार नांगो खुट्टाले दौडिँदा स्मरण क्षमता १६ प्रतिशतले बढ्दछ ।

पर्सेप्सुअल एण्ड मोटर स्किल्स नामक पत्रिकामा प्रकाशित रिपोर्ट अनुसार नांगो खुट्टाले दौडिँदा मानिसको मस्तिष्कको एकाग्रता बढ्ने हुनाले त्यसले स्मरण क्षमता बढाउनमा मद्दत पूराउँदछ ।

शोधकर्ता भन्छन् जुत्ता चप्पल नलगाई दौडिँदा हामीले गोडाको चालमा निकै ध्यान दिएका हुन्छौँ । कतै खाडलमा परिन्छ की वा ढेस पो लागिहाल्छ की भनेर मानिस निकै सचेत बनेको हुन्छ ।

यसबाट हाम्रो मस्तिष्कमा निकै ध्यान केन्द्रित हुन्छ । मस्तिष्कमा ध्यान केन्दि्रत गर्ने बानीले हामीलाई आफुले पढेका वा देखेका कुरालाई राम्ररी बुझ्ने र सम्झनामा राख्ने क्षमता प्रदान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?