+
+

भक्तपुरमा १२ हजार ७०५ नयाँ मतदाता थपिए

रासस रासस
२०७३ जेठ ९ गते ९:१४

matadata-1९ जेठ, भक्तपुर। भक्तपुरमा दोस्रो संविधानसभाको निर्वाचनपछि १२ हजार ७०५ मतदाता थपिएका छन् ।

जिल्लामा २०७० सालको संविधानसभाको निर्वाचनअघि एक लाख ४९ हजार ५५८ जना मतदाता रहेकामा हाल १२ हजार ७०५ जना मतदाता थपिएर कुल एक लाख ६२ हजार २६३ जना मतदाता पुगेको जिल्ला निर्वाचन अधिकृत उमेश राईले जानकारी दिए ।

वृद्धि भएको मतदाता सङ्ख्यामा महिला छ हजार ३९७ तथा पुरुष छ हजार ३०८ जना रहेका छन् । २०६७ सालदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा र त्यसअघिदेखि नै जिल्ला निर्वाचन कार्यालयमा दैनिक मतदाता नामावली सङ्कलन हुने गरेकोे छ ।

भक्तपुरमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । यहाँ महिला मतदाताको सङ्ख्या ८२ हजार ३६५ र पुरुष मतदाताको सङ्ख्या ७९ हजार ८९८ जना राईले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?