१९ जेठ, कपिलवस्तु । सवारी दुर्घटना बढी हुने जिल्लाको रुपमा परिचित कपिलवस्तु, रुपन्देही र नवलपरासीमा ट्राफिकले दुर्घटना न्युनिकरणका लागि विशेष अभियान चलाएको छ ।
दुर्घटना वृद्धिहुँदै गइरहेकोले सवारी दुर्घटना न्युनिकरण र ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी र स्थानिय प्रहरीको संयुक्त रुपमा दुर्घटना न्युनिकरण परामर्श टोली परिचालन गरिएको हो ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले दुर्घटना न्युनिकरणका लागि कपिलवस्तुको पीपरा, चन्द्रौटा र गोरुसिगेमा अभियानको सुरुवात गरेको छ । रुपन्देहीको मुर्गीया, सिद्धबाबा, रामनगर,मगंलापुर, अञ्चालपुरमा दुर्घटना न्युनिकरण परामर्श टोली परिचालन गरेको हो ।
त्यस्तै नवलपरासीको सुनवल, बर्दघाट, चिसापानी, दुम्कीवास, कावासोती र गैडाकोटमा समेत टोली परिचालन गरि अभियानको सुरुवात गरिएको कपिलवस्तुका ट्राफिक प्रहरी नायव निरिक्षक तथा निमित्त कार्कारी प्रमुख हुमानन्द खनालले जानकारी दिए ।
सवारी सधान तिब्र गतीमा हाक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा , सवारीको छत र ढोकामा झुन्डीए मात्रा
गरे गराएका कारण सवारी दुर्घटना बढेको प्रहरीले जनाएको छ ।
साथै चालकले सवारी साधन रोक्दा र अगाडी बढाउदा सवारी संकेत नदिएका कारण दुर्घटना हुने गरेको छ । त्यस्तै पछाडी सवारी चालकले अगाडिको सवारीसँग सहि दूरी कायम नगरी चलाएको हुनाले , सडकमा जथाभावी पार्किङ गरेका कारण बढी दुर्घटना भएको बताइएको छ ।
त्यस्तै ओभर लोड भएका कारण, चालकले मोवाइलको प्रयोगका करण सिट वेल्ट नबाधेका लगायतका कारणबाट बढी दुर्घटना हुने गरेको अभियानमा सबै चालकहरुलाइर् ३ /३ मिनेट रोकेर जनकारी दिएको कपिलवस्तुका ट्राफिक प्रहरी नायव निरीक्षक तथा निमित्त कार्यकारी प्रमुख हुमानन्द खनालले जनकारी दिए । कपिलवस्तुमा एक बर्षको अवधीमा विभिन्न ठाउमा भएका दुर्घटनाबाट ४३ जनाले ज्यान गुमाउनु परेको बताउदै अभियानले दुर्घटना न्युनिकरणमा टेवा पुग्ने वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख राजकुमार सीलवालले बताए ।
कपिलवस्तुको पीपरामा आइतवार, मंगलवार र विहिवार विहान ८ बजे देखि विहान ११ बजे सम्म ठुला सवारी साधन ट्रक, बस ,लहरीका चालकहरु,गोरुसिगेमा ट्रक, बस ,टयक्टर, टयङकरका चालक र चन्द्रौटामा जिप ,कर , भ्यान, रेक्सा, साइकल, मोटर साइकलका चालकहरुलाई ३ /३ मिनेट रोकेर ट्राफिक नियमका बारेमा प्रशिक्षण दिइएएको छ ।
हजार भन्दा बढी चालकहरुलाई संयुक्त दुर्घटना न्युनिकरण परामर्श प्रदान गरिएको छ । चालकहरुलाइृ ट्राफिक प्रहरीले
ल्याएको अभियान साह्रै नै राम्रो भएको प्रशिक्षणपछि मोटरसाइकल चालक बलराम मरासीनीले खुसी व्यक्त गरे ।
प्रारम्भिक रुपमा परिचालन गरिएको अभियान १० दिनसम्म चल्नेछ । यसवाट प्राप्त पृष्ठपोषणका आधारमा पुनं अभियान सन्चालन गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4