अमेरिकाबाट हलिउड चलचित्र छायांकन गरेर मुम्बई फर्किएकी नायिका दीपिका पादुकोणलाई लिन उनका प्रेमी रणवीर सिंह त पुग्न पाएनन् । रणवीर पेरिसमा रहेकाले मुम्बई एयरपोर्ट उनी पुग्न नपाएका हुन् । तर, उनी नपुगेपनि दीपिकाको सामान बोक्नका लागि ड्राइभर र गाडी पठाएका थिए । जब, दीपिका मुम्बई एयरपोर्टमा झरिन्, उनको सामान रणवीरको गाडीमा राखिएको थियो ।
रणवीर नपुगेर गाडी मात्र देखेपछि भारतीय मिडियाले ड्राइभरलाई प्रश्न नसोध्ने कुरै भएन । मिडियाको प्रश्नमा रणवीरका ड्राइभरले दीपिकालाई ‘भावी’-भाउजु) भनेर सम्बोधन गरेका थिए ।
रणवीरले ‘भाउजु एयरपोर्टमा आउँदैछिन्, सामान लिन जानु’ भनेर पठाएको ड्राइभरको भनाई थियो । रणवीर र दीपिकाले सार्वजनिक रुपमा प्रेमलाई स्विकार गरेका छैनन् । तर, गुपचुप रुपमा यी दुइले बिहेको तयारी पनि गरेको मिडियाको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4