Comments Add Comment

सिन्धुपाल्चोकको लिपिङ खोला हाइड्रोपावर हिमरिभरले बनाउने

२८ जेठ, काठमाडौं । नेपाल र चीनको बोर्डर नजिकै रहेको सिन्धुपाल्चोकको तातोपानीस्थित लिपिङ खोलामा १६.२६ मेगावाटको हाइड्रोपावर हिमरिभर पावर कम्पनीले निर्माण गर्ने भएको छ ।

यो परियोजनाको नेपाल विद्युत प्राधिकरणसँग शुक्रबार विद्युत खरिद बिक्री सम्झौता भएको कम्पनीका प्रबन्ध सञ्चालक रामकाजी पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार स्वदेशी पुँजी र श्रोतमा निर्माण हुने हाइड्रपावरको निर्माण कार्य चाँडै सुरु हुनेछ । २०७७ बैशाखमा उत्पादन सुरु गर्ने लक्ष्य राखिएको हाइड्रोमा तीन अर्ब लगानी लाग्ने छ ।

परियोजनामा ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत इक्विटी शेयर लगानी गरिने भएको छ । लामो साँगुमा रहेका सव-स्टेशनमा उत्पादित विद्युत जोडी राष्ट्रिय प्रसारणमा जोडिने पौडेलले बताए ।

हिमनदी र पर्याप्त पानीको श्रोत रहेको यस परियोजनामा हिउँदको समयमा पनि धेरै मात्रामा विद्युत उत्पादन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment