+
+

नेप्सेमा पहिलोपटक २ अर्ब बढीको कारोबार, परिसूचकमा पनि नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३२ गते १५:५६

stock-nepse-market
३२ जेठ, काठमाडौं । सेयर बजारले मंगलबार अहिलेसम्मकै सबैभन्दा ठूलो कारोबारको रेकर्ड बनाएको छ । नेपाल स्टक एक्सचेन्जमा मंगलबार २ अर्ब १९ करोड ७८ लाख रुपैयाँ भन्दा बढी मूल्यको सेयर कारोबार भएको हो ।

२ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको नेप्सेको इतिहासमा पहिलोपटक हो । मंगलबार ३७ लाख ५१ हजार ६ सय ३५ कित्ता शेयर किनबेच भएका छन् ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमाेटर सेयरको कारोबार रकम सबैभन्दा बढी भयाे । उक्त इन्स्योरेन्सको ४९ करोड ४ हजार रुपैयाँ बराबरका संस्थापक सेयर किनबेच भएको छ ।

यस्तै, नेपाल बंगलादेश बैंकको १४ करोड २८ लाख तथा रुरल माइक्रोफाइनान्स डेभेलप्मेन्ट सेन्टरको १३ करोड १४ लाख रुपैयाँ बराबरको शेयरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार रकमले रेकर्ड कायम गरेको दिन नेप्से परिसूचकले पनि रेकर्ड कायम गरेको छ । बीमासहित विभिन्न समूहको सूचक उचिलिँदा नेप्से परिसूचक मंगलबार ४ दशमलव ५६ अंकले बढेर १६ सय १४ दशमलव १५ अंकमा पुगेको छ । दिउँसो १६ सय १९को बिन्दुसम्म पुगेको नेप्से कारोबारको अन्तिम समयमा घटेर १६ सय १४ मा रोकिएको हो ।

बैंकिङ समूहको परिसूचक ६ दशमलव २२ अंकले घटेकामा वीमा,उत्पादनमूलक, जलविद्युत, होटल र विकास बैंक समूहले परिसूचक बढाएका हुन् ।
nepse-today

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?