सहायक निर्देशकको रुपमा लामो समय काम गरेका प्रदिप भट्टराइले अब एक फिचर फिल्म निर्देशन गर्ने भएका छन् । षटकोण पिक्चर्सको निर्माणमा बन्न लागेको चलचित्र ‘जात्रा’लाई भट्टराइले निर्देशन गर्न लागेका हुन् ।
यसअघि यो ब्यानरले ‘टलकजंग भर्सेस टुल्के र पशुपति प्रसाद’ निर्माणमा सहकार्य गरेको थियो । असनका ३ व्यापारिको कथामा यो चलचित्र बन्नेछ । असार ५ गतेबाट छायांकन सुरु हुने चलचित्रलाई असन इन्द्रचोक वरिपरि खिचिनेछ । यो चलचित्र कात्तिक १९ गते प्रदर्शन हुने निर्माणपक्षले बताएको छ ।
अभावको जीवनमा पनि खुशीले बाचिरहेका ३ व्यापारिको जीवनमा आएको समस्या र त्यसले उत्पन्न गर्ने परिस्थितीको कथामा यो चलचित्र बन्नेछ । चलचित्रमा दिर्घ गुरुङको छायांकन, शंकर महर्जनको एक्सन रहनेछ ।
चलचित्रमा निर्माता रविन्द्र बाँनिया, विपिन कार्की, रविन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, प्रविण खतिवडा, कमलमणी नेपाल, सुस्मिता कार्कीको मुख्य भूमिका रहनेछ । यादव पौडेल र सिंगे लामाले लगानीमा सहकार्य गरेका छन् ।
प्रतिक्रिया 4