‘एक्सन’ चलचित्र असफल भएपछि झनै हराएजस्तो देखिएकी नायिका जेनिशा केसी अब ‘एक पल’ चलचित्रमा देखिदैछिन् । साउन २१ गते चल्ने यो चलचित्रमा जेनिशाले आरएल महर्जनसँग रोमान्स गरेकी छिन् ।
जेनिशा चलचित्रका कार्यक्रममा पुग्दा फेसनमा पनि सजग छिन् । पहिरनप्रति नायिकाहरुको सजगता बढेको समयमा जेनिशा पनि यसबाट अछुतो त छैनन् ।
तर, यी सुन्दरीलाई चलचित्र नचलेरै करिअरमा सर्बाधिक ठूलो धोका भएको छ । ‘आधी बाटो’ बाहेक यीनले ठूला ब्यानरका चलचित्र पनि पाएकी छैनन् । सायद, यसैले पनि होला उनीपछि आएका नायिकाले चर्चा पाइरहँदा यिनी सुनसान देखिएकी छिन् ।
जेनिशा ‘एक पल’ चलचित्रबाट आफू आशावादी रहेको बताउँछिन् । हेरौ, यी सुन्दरीको आशा कत्तिको सफल हुने हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4