+
+

रुसलाई डुबाएपछि वेल्सका लेड्लीको नयाँ डान्स मुभ

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ७ गते १७:१३

Wales

वेल्स समुह विजेता बन्दै युरो २०१६ को नकआउट चरणमा प्रवेश गरेपछि जोय लेड्लीको नृत्य कला उजागर भएको छ । रुसमाथि ३-० को जित हात पारेपछि उनले आफ्नो ट्रेडमार्क स्टाइलमा डान्सका विभिन्न मुभहरु प्रदर्शन गरे ।

यसअघि वेल्सले यूरो-२०१६ का लागि आफ्नो स्थान सुरक्षित गरेपछि लेड्लीले बोस्निया र कार्डिफमा आफ्नो नाच देखाएका थिए । एन्डोरामाथिको विजय पश्चात उनको नाचमा टिमका सबै सदस्यहरु सहभागी भए ।

रुसमाथि धमाकेदार जितपछि लेड्ली वेल्स फ्यानहरु तर्फ गए र डान्सको नयाँ स्टेपहरु देखाए । उनलाई डान्सलाई वेल्स समर्थकहरुले राम्रैसँग इन्जोए गरे ।

क्रिस्टल प्यालेसबाट खेल्दा लेड्लीको खुट्टा भाँच्चिएर युरो २०१६ मा नखेल्ने लगभग तय भएको थियो । तर उनले निकै राम्रो पुनरागमन गरे । सायद त्यसैले पनि युरोकपमा अरुभन्दा उनी बढि उत्साहित छन् । यस प्रतियोगितामा उनलाई प्रशिक्षकले प्रारम्भिक ११ मै उतार्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?