+
+

मदन भण्डारी देशभक्त नायक: प्रधानमन्त्री ओली

रासस रासस
२०७३ असार १४ गते १३:२२
PM-KP-Sharma-Oli
प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्वीर: रासस

१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय जननेता मदन भण्डारी अग्रगामी विकासमुखी देशभक्त नायक भएको बताएका छन् ।

मदन भण्डारी मेमोरियल कलेजको १५औँ वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्व. जननेता भण्डारी सामाजिक न्यायको चिन्तन राख्ने देशभक्त नायक भएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘मदन भण्डारी बहुआयामिक व्यक्तित्व, वैज्ञानिक र व्यावहारिक, फराकिलो चिन्तन भएको नेता हो, देशको विकासको चिन्ता गर्ने देशभक्त नेता हो ।’

शिक्षा नीति र प्रणालीमा रहेका कमजोरीले नयाँपिँढीको क्षमतालाई उजागर गर्नेगरी वातावरण दिन नसकेको भन्दै उनले त्यस्तोखालको शिक्षा नीति ल्याउनेतर्फ सरकार अघि बढिरहेको उल्लेख गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?