+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

मदन भण्डारी र योगमाया विश्वविद्यालयलाई १-१ लाख बजेट

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते १८:४७

२९ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि मदन भण्डारी विश्वविद्यालय र योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालनका लागि १–१ लाख रुपैयाँ बजेट विनियोजन गरेको पाइएको छ ।

शिक्षा मन्त्रालयले विश्वविद्यालय सञ्चालनका लागि जम्मा एक लाख बजेट विनियोजन गरेको भन्दै मंगलबार सांसदहरुले सरकारमाथि प्रश्‍न गरेका छन् ।

‘एक लाखले कस्तो खालको विश्वविद्यालय र कसरी विश्वविद्यालय सञ्चालन हुन्छ । एक लाख बजेट विनियोजन गर्दै गर्दा माननीय मन्त्रीज्युको हात काप्यो होला कि कापेन होला ?’ एमालेकी सांसद ईश्वरी घर्तीले मंगलबार प्रतिनिधिसभा बैठकमा प्रश्न गरिन्, ‘यो कति न्यायोचित कुरा हो ? यो उहाँहरुप्रति सम्मान हो कि अपमान हो ?’

हचुवाको भरमा बजेट विनियोजन गरिएको उदाहरण भन्दै सांसद घर्तीले यस्तो कार्य नगर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेकी छन् ।

नेपाल विश्वविद्यालय स्थापनाका लागि ३० लाख बजेट विनियोजन भएको उल्लेख गर्दै उनले शिक्षा मन्त्रालयलाई अर्को प्रश्न गरिन्, ‘३० लाखमा कस्तो विश्वविद्यालय बन्छ ?’ कि यस्ता कार्यक्रम प्राथमिकतामै छैन भन्न कि आवश्यक बजेट दिन उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?