News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले देशभरका ६ हजार ७४३ वडा समितिलाई क्रियाशील सदस्यता अद्यावधिक गर्न जेठ २१ भित्र कार्य सम्पन्न गर्न पत्र पठाएको छ।
- कार्यवाहक मुख्यसचिव कृष्णप्रसदा दुलालले वडा सभापतिहरूलाई नेपाली कांग्रेसको एप डाउनलोड गरी सदस्यता अद्यावधिक गर्न निर्देशन दिएका छन्।
- असहयोग गरेमा विधान बमोजिम वडा सभापतिको वैकल्पिक व्यवस्था गरिने र विवरण केन्द्रलाई उपलब्ध गराउनुपर्ने चेतावनी दिइएको छ।
६ जेठ, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि वडा कार्यसमितिलाई जिम्मा दिएको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसदा दुलालले देशैभरका ६ हजार ७४३ वटै वडा समितिलाई पत्र पठाएर जेठ २१ भित्रै क्रियाशील सदस्यता अद्यावधिक कार्य सम्पन्न गर्न भनेका हुन् ।
‘वडा सभापतिहरूले आप्नो मोबाइलमा एप स्टोर र गुगल प्ले स्टोरबाट नेपाली कांग्रेसको एप डाउनलोड गरेर मोबाइलमा लगइन गरी तोकिएको समय जेठ २१ गतेभित्रै क्रियाशील सदस्यता अद्यावधिकको कार्य गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ,’पत्रमा भनिएको छ ।
त्यस्तै क्रियाशील सदस्यता अद्यावधिकको लागि असहयोग गरेमा विधान बमोजिम वडा सभापतिको वैकल्पिक व्यवस्था गरिने चेतावनी पनि दिइएको छ ।
‘असहयोग गर्ने वडा सभापतिको विवरण पालिका कार्यसमितिले केन्द्रलाई उपलब्ध गराउनुपर्नेछ’ पत्रमा उल्लेख छ ।

प्रतिक्रिया 4