+
+

कृषिमन्त्रीको गमलाः फेसबुकका भित्तामा हमला !

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १६ गते ११:००

Haribol Gajurel Asar 15-1

१६ असार, काठमाडौं । असार १५ का दिन गमलामा धान रोपेपछि कृषिमन्त्री हरिबोल गजुरेल फेसबुक, टि्वटर लगायतका सामाजिक सञ्जालमा निकै ‘हिट’ भए । मन्त्री गजुरेलबारे फेसबुकमा आएका केही स्टाटस र कमेन्टहरु यस्ता छन्:

कवि हाङयुग अज्ञातले कविताको भाकामा आफ्नो फेसबुक स्टाटसमा यस्तो पोस्ट गरे

धान गमलामा रोप्नु
मकै गिलासमा
तोरी थालमा छर्नु
गहुँ बटुकोमा !
धनियाँ चम्चीमा रोप्नु
खुर्सानी प्लेटमा
फर्सी कपमा रोप्नु
इस्कूस डेक्चीमा !

HanYug-Agyatकृषिमन्त्री गजुरेलकै पार्टीका कार्यकर्तासमेत रहेका नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवं पत्रकार खिलबहादुर भण्डारीले फेसबुकमा गमला प्रकरणबारे कडा टिप्पणी गरे-

‘यस्ता त कृषि मन्त्री ! त्यसमाथी माओवादी केन्द्रका । यतिखेर माओ ज्यूदै भा भए, यिनलाई लगेर झुन्ड्याउथे । पागलपनको पराकाष्ठा ।’

त्यसैगरी माओवादी केन्द्रकै नेता एवं पूर्वसभासद केशव नेपालले फेसबुकमा कृषिमन्त्रीको सार्वजनिक निन्दा गर्दै लेखे-

‘कृषि क्रान्ति गमलामा धान रोपेर हुँदैन । खेतमै यान्त्रिकीकरणसहित नमूना पो मन्त्रीले देखाउने हो । खेतसम्म नपसी गमलामा कार्यालयमै धान रोप्न सल्लाह दिने उहाँका सल्लाहाकार को हुन् र त्यो नौटंकी किन गर्नुभो ? आम जनता चकित छन् ।’

अखिल क्रान्तिकारीका पूर्वनेता लेखनाथ न्यौपानेले पनि माओवादी नेता एवं मन्त्री गजुरेलमाथि सार्वजनिकरुपमै प्रश्न उठाएका छन् –

‘यो साल रोपाइँ जात्रा मध्य असारमै परेछ । यसरी मन्त्रीले मन्त्रालयभित्रै गमलामा धान रोपेपछि आगामी वर्ष देश धानमा आत्मनिर्भर हुने पक्का ?‎ सबभन्दा पहिला यो महान् कार्य कसको दिमागले सोच्यो होला ?’

पत्रकार मात्रिका पौडेलले असार १५ शीर्षकमा सेल्फी खिच्नेहरु बिरुद्ध ब्याङग्य गर्दै स्टाटस लेखेका छन्-

‘यता गाउँमा खेताला नपाएर खेतबारीमा धानकोदोको बीउ छिप्पी सक्यो ! उता शहरतिर खेतमा असार १५ को एक दिवसीय फोटो सेशन गर्नेको भिडले मन्त्रीलाई गमलामा धकेलेछ ।’

फेसबुकमा तिलबहादुर राना क्षेत्री कृषिमन्त्रीको बचाऊ गर्दै लेख्छन्ः

केही गर्दा पनि सुख्ख छैन, हरि परजुलीको धान दिवस मनाउँदा मन्त्री पद चट् । अहिले खेतमा जानुभन्दा यतै मनाउँ, जसरी भए नि दिवस मनाउने हो भन्दा मन्त्री जीको आलोचाना छुटेन बा !’ उनले भनेका छन् ‘प्रेसहरुले जति हाइलाट गरेर माथि लान्छन् त्यति नै पत्तासाप पार्न सिपालु हुन्छन् । सकिन्न हो सकिन्न । जय होस् प्रेसको । जे गरे कृषि मन्त्रीले, सही गरे । म सहमत छु ।’

बलराम सुवेदीले पनि कृषि मन्त्रीको समर्थन गरेका छन् । उनले आफ्नो स्टाटसमा लेखेका छन्- ‘कृषि मन्त्रीले गमलामा धान रोपेको विषयमा खुब ब्यङ्ग्य देखियो सामाजिक सञ्जालहरूमा । मलाई भने ठीक शुरूवात लाग्यो है । देशमा धान रोप्ने जग्गाजति प्लटिङ गरेर सकिनै लागेकाले गमला खेतीको विकास एकमात्र विकल्प हो, अब कौसीमा टन्न गमला राखेर तरकारी, धान, मकै, आलु फलाउन सुझाव दिएका छन् उनले ।’

उता निर्मल ज्ञवालीले लेखेका छन्- ‘पुरस्कार बाँड्नुछ भने बाँडे भो तर, जब धान रोप्नैपर्ने हो भने रोपाइँ भइरहेको खेतमै पुरस्कार वितरण कार्यक्रम गर्न किन सकिन्न ?’

Dipshikhaमाओवादी केन्द्र समर्थित युवा संगठन वाइसिएलका महासचिव दीपशिखाले पनि फेसबुकमा आफ्ना नेताको खुलेआम आलोचना गरेका छन् । दीपशिखा लेख्छन्-

‘मन्त्रीको टिमले अहिले उनको आलोचना गर्नेलाई दुश्मन भन्न छोडेर आइन्दा यस्तो दोहोर्‍याउन नदिनेतिर ध्यान लगाउन जरूरी छ, कृषिमन्त्री र उनको टिमले त्यसको असर के पर्छ र सन्देश के जान्छ भनेर बिचार गरेको देखिएन । आलोचकहरूले पनि ख्याल गर्नुपर्‍यो रिबन काटेर धान दिवस मनाउनुभन्दा गमलामा धान रोप्नु बेठीक होइन ।’

पत्रकार अरुणा रायमाझीले प्रधानमन्त्रीले हावाबाट बिजुली निकाल्छु भन्दा मन्त्रीले करुवाले पानी राखेर गमलामा रोपाइँ गरेरै देखाए भन्दै ब्यङ्य गरेकी छिन् ।

रोपाईं दिवसमा मन्त्रीले गमलामा रोपाईं गरे अनि सरकारी अधिकारीहरुले बिउको माला लगाएर पर्व मनाए भन्दै मनिकर कार्कीले लेखेका छन्- ‘अनि बजारियाहरु उत्ताउलो शैलीमा खेतमा पसेर सेल्फी खिचाएर फेसबुकमा राख्छन् । उता, साँच्चिकै किसान भने रोपाइँको मुखमा मल नपाएर चिन्तित छन् भन्ने समाचार आउँछ । कठै हाम्रो परम्परा’

नेपाल सरकारले अब खेतमा होइन धान रोप्ने गमलामा हो भनेर प्रचार गरोस् भनेका छन् दिनेश थापाले । ‘कृषि मन्त्रालयले नयाँ धानको जात पता लगाएछ जुन गमलामा रोपेमा सबै नेपाली भोकै नहुने गरी उत्पादन बढ्ने प्रचार गरियोस्,’ उनले आफ्नो स्टाटसमा लेखेका छन्, ‘क्रान्तिकारीहरुको नयाँ नेपालमा यही गमलामा खेती गरी राष्ट्रिय विकास हुन्छ ।’

नेत्र पौडेलले चाँहि कृषिमन्त्रीको खिल्ली उडाइएको भन्दै चित्त दुखाएका छन् । उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्ः

‘मन्त्रीले कुन कार्यक्रममा गमलामा धान रोपेका हुन् पत्रकार बन्धुहरुले खोल्नुभएन । राष्ट्रपति उत्कृष्ट पुरस्कार कार्यक्रममा नेपालका एक जना सर्वोत्कृष्ट र चार जना उत्कृष्ट कृषकहरुलाई सरकारले सम्मान गरेको कार्यक्रम उदघाटन धान दिवसको अवसरमा धान रोपेर गरिएको हो । कुन अवसर, के कार्यक्रम केही मतलब छैन, खालि खिल्ली उडाउने प्रचलन भयो हाम्रो ।’

Kishor-Shrestha-Facebook-Statusअन्त्यमा, कवि हाङयुग अज्ञातको जस्तै पत्रकार किशोर श्रेष्ठको कवितात्मक स्टाटसः

गमलामा धान रोपी फूल कता सार्ने हो
यो देशलाई अझै पनि अलपत्र पार्ने हो
सुकिला मुकिला पंक्ति भनी प्रचण्डले तोक्नु भो
हिलो छुनै डराउनेलाई किन बोक्नु भो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?