६ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रहेका स्थानीय तथा रैथाने जातको सम्बर्द्धन गर्दै उच्च उत्पादन दिने बिउ तथा प्रविधि आयात गरी उत्पादन बढाउनुपर्ने बताएका छन् ।
काठमाडौमा बिहीबारबाट सुरु भएको अन्तर्राष्ट्रिय बिउ सम्मेलनमा मन्त्री अधिकारीले हावापानी र भौगोलिक अवस्थितिका कारण गुणस्तरीय बिउबिजन उत्पादन गर्न नेपाललाई उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने बताए ।
मन्त्री अधिकारीले रैथाने बाली प्रवर्द्धन गर्न सरकारी, सहकारी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।
खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितताका लागि कृषि उपज उत्पादन र उत्पादकत्व वृद्धि नै पहिलो सर्त भएको उनले बताए ।
जलवायु परिवर्तन र खाद्य तथा कृषि प्रणालीमा आएको व्यापक परिवर्तनले हाम्रो कृषि र कृषि प्रणाली प्रभावित भइरहेको उनको भनाइ छ ।
कृषि मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद, नेपाल बिउ व्यवसायी संघ लगायतको सहकार्यमा सम्मेलन आयोजना भएको हो ।
प्रतिक्रिया 4