Comments Add Comment

कोटाअनुसार चामल पुर्‍याउन सकिएन

rice-store-chamal-godam
२३ असार, पोखरा । केही दिनदेखिकै भारी वर्षासँगै गएको पहिरोले बाटो अवरुद्ध भएपछि गोरखा जिल्लाको दुर्गम गाउँ सिर्दिवास र माछाखोलामा कोटाअनुसारको चामल पठाउन सकिएको छैन ।

सिर्दिवासका लागि तीन हजार क्विन्टल चामल पठाउने कोटा तोकिएकोमा हालसम्म एक हजार मात्रै पठाइएको नेपाल खाद्य संस्थान अञ्चल कार्यालय पोखराका निमित्त अञ्चल प्रबन्धक यमप्रसाद उपाध्यायले जानकारी दिए ।

त्यस्तै, माछाखोलाका लागि दुई हजार क्विन्टल कोटा तोकिए पनि हालसम्म ८४२ क्विन्टल १० किलो मात्रै पठाइएको उनले बताए । कोटाअनुसारको चामल पुग्न नसकेपछि ती ठाउँमा खाद्यान्नको अभाव देखिएको छ ।

खाद्यान्न ढुवानीको ठेक्कापट्टा भइसके पनि बाटोको ठाउँठाउँमा पहिरो गएकोले खच्चडबाट ढुवानी गर्न नसकिएको ढुवानीको जिम्मा लिएका ठेकेदारले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment