राजु गिरी निर्देशित चलचित्र ‘जीस्म’को एक रोमान्टिक गीत रिलिज भएको छ । अर्को सातादेखि रिलिज हुने यो चलचित्र निर्माण समयदेखि नै विवादमा छ । अर्चना पनेरुलाई चलचित्रमा खेलाएपछि यसले विभिन्न खालको विवादको सामाना गर्नुपरेको थियो । अहिले निर्देशक गिरी र पनेरुविच नै राम्रो सम्बन्ध छैन ।
योगेश काजीको संगीतमा तयार भएको ‘डुबिदेउ’ बोलको गीतमा काजीसँगै रज्नी राइको स्वर छ । यो चलचित्रमा अर्चनाको साथमा सुरेन्द्र बुढाथोकीको अभिनय छ ।
चलचित्र ‘छेस्को’ पूर्ण रुपमा असफल भएपछि अर्चनाको हल्ला पनि सेलाएको छ । यसले ‘जीस्म’लाई कत्तीको असर पार्छ, त्यो असार ३१ गते नै थाहा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4