असार ३१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘नमस्ते नेपाल’लाई लिएर नायक सविन श्रेष्ठ उत्साहित छन् । राजु शाहको निर्देशनमा बनेको यो चलचित्रलाई प्रदिपकुमार उदयले निर्माण गरेका हुन् ।
चलचित्रको सम्पूर्ण छायांकन यूरोपमा गरिएको छ । करिब एक महिना लगाएर नेपाली टोलीले यूरोपमा चलचित्र छायांकन गरेको थियो । नायक श्रेष्ठ भन्छन्-‘यो चलचित्र मनोरञ्जन र सन्देशको समिश्रण हो । यसमा सगरमाथा, गोर्खाली, लुम्बिनी, बुद्धको कुरा उठान गरिएको छ ।’
नेपालबाट विदेश गएर पढ्न बसेको एक विद्यार्थीको कथा चलचित्रमा छ । विदेश पढ्न गएका नेपालीलाई हेप्ने प्रवृत्ती पनि चलचित्रमा देखाइएको सविनले बताए ।
चलचित्रमा जर्जियन नायिका आना कलान्डाको पनि मुख्य भूमिका छ ।
उनी अहिले चलचित्र प्रचारका लागि नेपाल आएकी छिन् । सविनले चलचित्रमा एक्सन गर्दाको अनुभव पनि सुनाए । सविनले अनुभव साट्दै भने-‘हामीसँग काम गर्ने विदेशी फाइटरहरु हाम्रो काम देखेर छक्क पर्थे । उनीहरु एक्सनमा प्रविधीको भरपुर प्रयोग गर्थे । तर, हामीले केहि पनि प्रयोग नगरि एक्सन गर्दा उनीहरु यस्तो पनि हुनेरहेछ भनेर छक्क पर्थे ।’
उनले चलचित्रकी नायिका आनाको कामको पनि प्रशंसा गरे । उनले भने-‘विदेशी नायिका भएपनि काम गर्न गाह्रो भएन । उनले नेपाली राम्रोसँग बोलेकी छिन् ।’ यो चलचित्रमा आना र सविनको केहि गरमागरम दृश्य पनि समावेश छ ।
यूरोपको रमणिय दृश्यका साथमा राष्ट्रियताको कथा पनि भएकाले यो चलचित्र हेर्न जरुरी रहेको सविन सुनाउँछन् । कथावस्तु सस्पेन्स पनि भएकाले दर्शकले अझ मनोरञ्जन लिने निर्माणपक्षको विश्वास छ ।
प्रतिक्रिया 4