+
+

औैला चुस्ने बालबालिकालाई एलर्जीको सम्भावना कम !

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २८ गते १:१०

काठमाडौं । बाबुआमाहरु आफ्ना बच्चाले औंला चुसेको र नङ टोकेको मन पराउँदैनन् । यस्तो बानी छुटाउन अनेक उपाय पनि गर्छन् ।

तर, एउटा अध्ययनले औंला चुस्ने र नङ टोक्ने बानी भएका बालबालिका अरुभन्दा निरोगी हुने गरेको देखाएको छ ।

child-suck-fingesगर्भावस्थादेखि नै औला चुस्ने बानीले बालबालिकालाई धुलो, फोहोर, घाँस लगायतका विभिन्न प्रकारका एलर्जीबाट बचाउने अध्ययनले देखाएको हो । अध्ययन अनुसार यो बानीले बालबालिकामा किटाणु तथा रोगसित लड्ने क्षमताको विकास गर्दछ ।

‘यो बानीकै कारण उनीहरुका बाबुआमालाई विभिन्न एलर्जीले सताए पनि बालबालिकालाई त्यसले असर गर्दैन,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘चाहे उनीहरु घरको कुकुरसित हुर्केका हुन् वा चुरोट सेवन गर्ने व्यक्तिसँग उठबस गरेका हुन्, केही फरक पर्दैन ।’

क्यानाडास्थित म्याक मास्टर युर्निभर्सिटीका प्रोफेसर म्याल्कोल्म सियर्सका अनुसार अनुसन्धानबाट पत्ता लागेको कुरा ‘हाइजिन सिद्धान्त’मा आधारित छ । यो सिद्धान्तअनुसार सानैदेखि किटाणु तथा जिवाणुको जोखिममा रहेका बालबालिकामा एलर्जी विकासको जोखिम कम रहन्छ ।

उनी भन्छन्, ‘हामी यो बानी बालबालिकामा विकास होस् भन्नेमा प्रोत्साहित त गर्दैनौ, तर यसले उनीहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव भने निश्चय नै पार्छ ।’

न्युजिल्याण्डस्थित युनिभर्सिटी अफ ओटागाको नेतृत्वमा सम्पन्न भएको तथा पेड्रियाटिक्समा प्रकाशित यो अध्ययन एक हजार सैतीस जना सहभागीको जन्मेदेखि युवावस्थासम्मको प्रगतिमा आधारित छ ।

अध्ययनमा सम्मिलित अभिभावकले आफ्ना बालबालिका क्रमशः पाँच, सात, नौ र एघार वर्षको हुँदाको औला चुस्ने बानीबारे जानकारी दिएका थिए । अनुसन्धानकर्ताले ती बालबालिका १३ र ३२ वर्षको हुँदा स्क्रिन प्रिक टेष्टको सहायताले उनीहरुमा एउटै प्रकारको एलर्जीबारे अलग-अलग जाँच गरेका थिए ।

त्यसबाट प्राप्त नतिजाले १३ वर्षको उमेरसम्म एलर्जीको सम्भावना औला चुस्ने अथवा नङ्ग टोक्ने बालबालिकामा ३८ प्रतिशत र अन्य बालबालिकामा ४९ प्रतिशत रहने देखाएको छ । त्यसैगरी, औला चुस्ने र नङ्ग टोक्ने दुवै बानी भएका बालबालिकामा यसको सम्भावना अझ कम ३१ प्रतिशत भएको अध्ययनले पत्ता लगाएको छ । यो सुरक्षा स्तर उनीहरु ३२ वर्षको उमेरमा पुग्दासम्म पनि कायमै थियो ।

मुख्य अनुसन्धानकर्ता प्रोफेसर बब हृ्यानकक्सको टिप्पणी तथा अध्ययनबाट आएको निष्कर्ष भन्छ, ‘बाल्यकालदेखि नै बालबालिका जिवाणुको सम्पर्कमा आएको खण्डमा उनीहरुमा रोग तथा एलर्जीको जोखिम कम हुन्छ ।’

औला चुस्ने तथा नङ्ग टोक्ने बालबालिकामा छालासम्वन्धी एलर्जीको जोखिम कम देखिए पनि उक्त अध्ययनले बालबालिकामा श्वासप्रश्वाससम्बन्धि रोग, ज्वरोलगायतका एलर्जीमा भने जोखिम कम भएको देखिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?