वेटर ग्यालेक्सीले आयोजना गरेको ‘हार्ट डिजाएर रनवे ३ एण्ड यूरो फिभर’ नाम दिएर काठमाण्डौमा एक फेसन शो सम्पन्न भएको छ । यूरोकपको फाइनललाई मध्यनजर राख्दै मोडलहरुलाई र्याम्पमा उतारिएको थियो । कार्यक्रममा फेसन शो, लाइभ कन्सर्ट, डीजे सेसन आयोजना भयो । फाइनल खेल सुरु हँुदासम्म यो कार्यक्रम चलेको थियो ।
फेसन शोमा कायरा बुटिक, लफ स्टुडियो, नेपाल फेसन हाउस तथा सजिना कलेक्सनका विभिन्न पहिरनहरु प्रदर्शन गरिएको थियो । मोडलहरुले लेहेंगा, गाउन, सारी, कुर्ता, वन पिस सहितका पहिरनहरुमा र्याम्प नापेका थिए । फेसन शोको अन्तिम सिक्वेन्समा मोडलहरुले पोर्चुगल तथा फ्रान्सका आधिकारिक जर्सीको प्रदर्शन गरेका थिए । हातमा फुटबल लिएर र्याम्पमा क्याटवाक गरेका मोडलहरुले खेलाडीकै हाउभाउ प्रस्तुत गरेका थिए ।
फेसन शोको क्रममा आयोजित सांगीतिक कार्यक्रममा गायक सुमन श्रेष्ठ तथा धर्म लामाले आफ्ना लोकप्रि गीत-संगीत प्रस्तुत गरेका थिए । फेसन शो तथा सांगीतिक प्रस्तुतीपछि करिव ११ बजेदेखि प्रारम्भ भएको डिजे कबिरले डिजे सेसन सञ्चालन गरेका थिए, जुन यूरो कप फुटबलको फाइनल खेल प्रारम्भ हुने बेलासम्म जारी रह्यो ।
प्रतिक्रिया 4