+
+

प्रधानमन्त्री ओलीले राजीनामा नदिने, संसदको सामना गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २८ गते २०:४२

Kp-oli

२८ असार, काठमाडौं । सत्ता साझेदार माओवादीले समर्थन फिर्ता लिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् ।

दिनभर सत्ता साझेदार दलहरु र पार्टीका नेताहरुसँग छलफल गरेका प्रधानमन्त्री ओली राजीनामा नदिने बरु संसदको सामना गर्ने निश्कर्षमा पुगेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने, ‘उहाँलाई संसदले प्रधानमन्त्री निर्वाचित गरेको हो र संसदले नै हटाउन सक्छ । प्रधानमन्त्रीले राजीनामा दिनु हुन्न ।’

बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकले माओवादीले समर्थन लिएपछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिको मिलेर सामना गर्ने निर्णय गरेको छ । बैठकमा संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव आए पनि मिलेर सामना गर्ने सहमति समेत भएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

माओवादी केन्द्र विश्वासघात गरेको भन्दै सत्तारूढ दलका नेताहरूले बदलिँदो राजनीतिक परिस्थितिको सामना एक ढिक्का भएर बताएका छन् ।

बालुवाटारको बैठकमा माओवादी बाहेक सबै सत्तारुढ दलहरुका प्रतिनिधि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?