
१२ साउन । मोरङमा कटुवा पेस्तोलसहित एकजना पक्राउमा परेका छन् ।
विराटनगर–७ स्थित सरौंचियाबाट ३५ वर्षीय धर्मेन्द्र मण्डललाई मंगलबार पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सोही ठाउँ बस्ने उनले आफ्नो किराना पसलमा प्लास्टिकमा पोको पारेर लुकाइराखेको अवस्थामा प्रहरीले सो पेस्तोल बरामद गरेको हो । पेस्तोलसहित पक्राउ परेका मण्डललाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय विराटनगरमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4