+
+

भारतले माओवादीको नाम लिएकोमा मोहन वैद्यको आपत्ति

कोशी ब्यारेजमा 'भारतीय हस्तक्षेप'बारे बोल्न सरकारलाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १२ गते १६:२१

Mohan Baidhya 1

१२ साउन, काठमाडौं । कोशी ब्यारेजमा आतंकवादी हमलाको खतरा भएको भन्दै भारतले लेखेको पत्रमा माओवादीको नाम मुछिएकोप्रति नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले आपत्ति जनाएका छन् । बिहारको एउटा जिल्ला अधिकारीले नेपालको सिडियो कार्यालयलाई हस्तक्षेपकारी पत्र लेखेको र त्यसमा माओवादीको नाम मुछिएकोप्रति आफ्नो धारणा सार्वजनिक गर्न वैद्यले नेपाल सरकारसँग मागसमेत छन् ।

माओवादी नेता वैद्यले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्- ‘अस्थिरता एवम् माओवादीबाट कोशी ब्यारेजमा आतङ्कवादी हमलाको खतरा भनी भारतले गरेको पत्राचारसम्बन्धी विभिन्न सञ्चार माध्यममा आएको समाचारले हाम्रो गम्भीर ध्यानाकर्षण गरेको छ । त्यसमा माओवादी शब्दको उल्लेख के र कुन आधारमा गरेको हो ?’

भारतले गरेको यस्तो कार्यको जति भत्र्सना गरे पनि अपुग हुने बताउँदै वैद्यले आफ्नो वक्तव्यमा भनेका छन्- ‘भारतको विहार राज्यको एउटा जिल्ला अधिकारीको आदेशमा नेपालको एउटा जिल्लाको प्रजिअलाई यस प्रकारको पत्राचार गर्नु नेपालको आन्तरिक मामिलामा सिधै हस्तक्षेप हो ।’

विहार सरकारअन्तर्गतको एकजना जिल्ला अधिकारीले आˆनो मातहतको एकजना कर्मचारीलाई १३ जुलाई २०१६ मा पठाएको पत्रमा भारत सरकारले आतङ्ककारी भनेर घोषणा गरेका तीनवटा सङ्गठनका साथै नेपालका माओवादी नेतालाई समेत लक्षित गरिएको थियो ।

उक्त भारतीय सर्कुलरमा नेपालका माओवादी र भारतका आतंकवादीलाई एकै ठाउँमा राख्दै भनिएको छ- ‘लस्कर ए तोयबा, जैश-ए-मोहमद तथा पाकमूलका इण्डियन मुजाहिद्दिनद्वारा महत्वपूर्ण प्रतिष्ठानहरूलाई लक्षित गर्ने योजना बनाइएको छ, छिमेकी देश नेपालमा राजनीतिक नेताहरूद्वारा भारतविरोधी गतिविधिलाई मध्यनजर गर्दै प्रमुख प्रतिष्ठानहरुको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनिक सतर्कतामूलक एवम् सुरक्षात्मक कारवाही आवश्यक छ ।’

यो पनि पढ्नुहोस्

कोशी ब्यारेजमा नयाँ खुलासाः भारतले भन्यो-माओवादीबाट खतरा छ

कोशी ब्यारेज प्रकरणमा माअेावादीको नाम लिएकोमा आपत्ति जनाउँदै वैद्यको वक्तव्यमा भनिएको छ- ‘भारत सरकाले नेपाल सरकारलाई यदि यसप्रकारको सुरक्षासम्बन्धी कुनै गोप्य सूचना दिनुथियो भने त्यो भारतको विदेश मन्त्रालयले कमसेकम पनि राज्य निकायमार्फत नेपालको परराष्ट्र मन्त्रालयमार्फत दिइनुपर्दथ्यो ।’

भारतको एउटा राज्य सरकारको तल्लो निकायबाट पत्र आउनुले नेपालमाथि हस्तक्षेप गर्ने प्रवृत्ति कति तलैसम्म रहेछ र त्यसले कतिसम्म प्रोत्साहन पाइरहेको रहेछ भन्ने कुराको दृष्टान्त दिएको वैद्यको दाबी छ । उनले विज्ञप्तिमा भनेका छन्- ‘भारतबाट भएका यी सबै हरकतको उचित जबाफ फेर्दै आफ्ना भनाइसमेत सार्वजनिक गर्न हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’

Baidhya-ko-Bigyapti

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?