Comments Add Comment

कोशी ब्यारेजमा नयाँ खुलासाः भारतले भन्यो-माओवादीबाट खतरा छ

बाहना मुस्लिम आतंककारी, निशाना नेपालका माओवादी !

koshi-barrage

११ साउन, काठमाडौं । कोशी ब्यारेजको सुरक्षामा मुस्लिम आतंकवादीहरुका साथै नेपालका माओवादी नेताहरुबाटै खतरा रहेको भारतीय गोप्य सूचना अनलाइनखबरले फेला पारेको छ ।

बिहार राज्यको सुपौल जिल्लाले वीरपुरको कोसी जलविद्युत परियोजनालाई लेखेको गोप्य पत्रमा नेपालका माओवादीबाट कोसी बराज असुरक्षित रहेको उल्लेख गरिएको छ ।

उक्त भारतीय सर्कुलरमा मुस्लिम आतंकवादीसँगै नेपालका माओवादीलाई समेत एकै ठाउँमा मुछिएको छ । ‘गोपनीय शाखा’बाट प्रेसित पत्रमा नेपाल पुलिसको क्रियाकलापको समेत निगरानी गर्न भनिएको छ ।

सुपौल जिल्लाले वीरपुरलाई लेखेको गोप्य पत्रमा मुस्लिम आतंकवादी संगठन र नेपालका माओवादीको समेत नाम लिँदै भनिएको छ- ‘यस्तो सूचना प्राप्त भएको छ कि इस्लामिक संगठन लस्कर ए तोएवा, जैश ए मोहम्मद, तथा पाक मूलको मुजाहिद्दीनद्वारा महत्वपूर्ण प्रतिष्ठानलाई लक्षित गरने योजना बनाएका छन् । छिमेकी देश नेपालमा राजनीतिक अस्थिरता एवं नेपाली माओवादी नेताहरुद्वारा भारतविरोधी गतिविधिलाई मध्यनजर प्रमुख प्रतिष्ठानको सुरक्षालाई हेरेर प्रशासनिक सतर्कतामूलक एवं सुरक्षात्मक कारवाही आवश्यक छ ।’

हेर्नुहोस् पत्र

Indian doc About Koshi

भारतीय गोप्य सर्कुलरको दोस्रो बुँदामा नेपालको प्रहरीको कामकारवाहीलाई समेत निगरानी गर्न भन्दै यस्तो लेखिएको छ -‘कोशी बराजको सुरक्षामा प्रतिनियुक्त नेपाल पुलिसको कार्यकलापमा सम्बन्धमा पनि समय-समयमा निरीक्षण गरी प्रतिवेदन उपलब्ध गराउनू ।’

माछा मार्न नदिनू, गाडीमा चेकिङ गर्नु

सुनसरी र सप्तरी जिल्ला प्रशासनले यतिबेला कोशीको पुलमा सवारी साधनमाथि गरिरहेको चेकिङ भारतको निर्देशन अनुसार गरिएको खुलासा भएको छ । गोप्य सर्कुलरको चौथो बुँदामा भनिएको छ- बराज क्षेत्रमा फिसिङको प्राथमिकताको आधारमाथि प्रतिबन्धित गर्ने एवं बराजको माथिबाट गुज्रने बहानहरुको पूर्ण जाँचका लागि मुख्य जिल्ला अधिकारी, सप्तरी एवं पुलिस अधीक्षक सप्तरीलाई अनुरोध गरिएको छ ।’

भारतको यस्तो पत्र हेर्दा उसले कोशी ब्यारेजमा सुरक्षाको समस्या देखाएर त्यहाँ माछा मार्ने काममाथि रोक लगाउने र नेपालका माओवादीलाई मुस्लिम आतंकवादीसँग जोडेर हेर्न खोजेको स्पष्ट भएको छ ।

नेपालका प्रजिअलाई ठाडो निर्देशन

कोशी ब्यारेज सुरक्षाको समस्या भए भारतीय दूताबास मार्फत पराराष्ट्र मनत्रालयलाई जानकारी गराइनुपर्नेमा बिहारको स्थानीय प्रशासनले सप्तरी र सुनसरी जिल्ला प्रशासनलाई ठाडो निर्देशन दिएको छ ।

वीरपुरले सप्तरी जिल्ला प्रशासनलाई सर्कलर गर्दै कोशीमा माछा मार्ने कार्यमा प्रतिबन्ध लगाउन र सवारी साधनमाथि चेकजाँच गर्न भनेको छ । भारतीय निर्देशनमा भनिएको छ- ‘यसका लागि थानालाई निर्देशित गर्नू ता कि सुरक्षा व्यवस्थामा चूक नहोस् ।’

भारतले सुनसरी र सप्तरी जिल्ला प्रशानलाई लेखेको पत्रमा नेपालका माओवादीको ‘थ्रेट’ उल्लेख गरिएको छैन । सुपौलले वीरपुरलाई लेखेको पत्रमा उल्लेखित माओवादी नेताहरुको प्रशंगलाई झिकेर तीनवटा मुस्लिम आतंकवादीको मात्रै नाम उल्लेख गरिएको छ ।

हेर्नुहोस् सुनसरी प्रशासनलाई पठाइएको सर्कुलर

Indian doc About Koshi (2)
नेपाल सरकारको चासो

भारतले नेपालका माओवादीलाई समेत आतंकवादी संगठनकै सूचीमा राखेर कोशी ब्यारेजमा सुरक्षाको खतरा औंल्याएपछि यसबारे सिंहदबारमा हल्लीखल्ली मच्चिएको छ ।

भारतबाट आएको सर्कुलर जिल्ला प्रशासन कार्यालयले गृहमन्त्री भीम रावलसमक्ष पठाइसकेको र यसबारे प्रधानमन्त्री कारर्यालयले समेत गम्भीर चासो राखेको स्रोतले अनलाइनखबरलाई बतायो ।

यो पनि पढ्नुहोस्

सुनसरीका सीडिओ भन्छन्- कोशीमा आइएसले धम्की दिएको होइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment