+
+

‘कारखाना’को घोषणा, बिबाह मण्डपबाट भाग्नेछिन् बर्षा

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २० गते १२:३३

karkhana muhurta 1
चलचित्र ‘कारखाना’को घोषणा भएको छ । आज बिहान काठमाण्डौको कमलादीस्थिती गणेशस्थानमा पुजा गरेर चलचित्रको शुभसाइत गरिएको छ । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले क्ल्याप ठोकेका थिए भने निर्माता संघका महासचिव केशव भट्टराइले मुहुर्त सटको निर्देशन गरेका थिए ।

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले क्यामेराको स्विच अन गरेका थिए भने चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले नरिबल फोडेर शुभसाइत गरेका थिए । बिहेको मण्डपबाट भागेकी एक महिलाले भोग्नु परेको जीवन भोगाई र उनको यात्राको क्रममा जोडिने विभिन्न पात्रहरुसँगको अन्तरद्धन्द्धमा यो चलचित्र घुम्नेछ । अमरदिप सापकोटाले लेखन तथा निर्देशन गर्ने चलचित्रलाई डाइनामिक इन्टरटेन्मेन्ट वल्र्ड प्रालीले प्रस्तुत गर्नेछ ।
karkhana team
सुदिप खड्का, राजेन्द्र केसी, अमर बज्रचार्य र सुर्याश खड्का चलचित्रका निर्माता हुन् । चलचित्रमा सुशिल श्रेष्ठ, बर्षा सिवाकोटी, जेबिका कार्की, नविन लम्साल, मौसमी मल्ल, नागेन्द्र रिजाल, विकास उप्रेती, रविन पोख्रेल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

दयाराम दाहाल, शुशिल पोख्रेल र अमरदिप सापकोटाको पटकथा तथा संवाद रहेको चलचित्रमा निरज कँडेलको छायांकन, अनिल शाही र हरकुलश बस्नेतको संगीत, चन्द्र पन्तको एक्सन, कविराज गहतराजको नृत्य निर्देशन रहने पक्का भएको छ । rajkumar clap thokdai

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?