Comments Add Comment

महिला उद्यमशीलता विकासमा ५० लाख

फाइल फोटो
फाइल फोटो

२९ साउन, पाँचथर । महिला उद्यमशीलता कोषले पाँचथर जिल्लाका १८ जना महिलाका व्यवसाय प्रवद्र्धन गर्न  ५० लाख रूपैयाँ सहयोग गरेको छ ।

घरेलु तथा साना उद्योग महासङ्घ पाँचथरका अनुसार गत आवमा प्रस्तावित फर्मलाई सहयोग रकम उपलब्ध गराएको हो । महासङ्घको महिला उद्यमशीलता विकास समिति केन्द्रीय सचिव शान्ता बाँस्कोटाले सहयोग रकम उद्यमीका बैंक खातामा निकासा दिने तयारी भइरहेको जानकारी दिइन् ।

व्यवसायको प्रकृति हेरी प्रतिफर्म रु एकदेखि अढाइ लाख लगानी गर्न लागिएको हो । व्यवसायीले उक्त रकम वार्षिक पाँच प्रतिशत ब्याजदरमा प्राप्त गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment