+
+

स्वास्थ्य चौकीमा कर्मचारी नहुँदा सेवाग्राही मारमा

रासस रासस
२०७३ भदौ ९ गते ११:२८

helth९ भदौ, भोजपुर। भोजपुरको पूर्वी श्यामशिला गाविसको स्वास्थ्य चौकीमा कर्मचारी नहुँदा सेवाग्राही मारमा परेका छन् । ६ जनाको दरबन्दी रहेको स्वास्थ्य चौकीमा हाल कार्यालय सहयोगी कुलप्रसाद पराजुली मात्र रहेका छन् ।

कार्यालय प्रमुख मधु सुब्बा, अहेब सोजिना राई र अनमी ममता राई कार्यालयमा कहिल्यै नआउने श्यामशिलाका सामाजिक परिचालक लक्ष्मण कार्की बताउँछन् ।

बाँकी तीनवटा दरबन्दी खाली रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ । कार्यालयमा कर्मचारी नहुँदा सामान्य बिरामी पनि ४ घन्टाको बाटो धाएर सदरमुकाम भोजपुर आउन बाध्य भएको स्थानिय सङ्गीता तामाङको गुनासो छ ।

यस्तै , श्यामशिलाकै दुईजना कर्मचारी भएको पशुसेवा केन्द्रमा पनि कार्यालय नखुल्दा सेवाग्राही मारमा परेका छन् । पशुसेवा केन्द्र प्रमुख कोयम अन्सारी र कार्यालय सहयोगी दिलान राई लामो समय कार्यालय नआउँदा सेवा प्रभावित भएको सामाजिक परिचालक कार्कीले जानकारी दिएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?