+
+

शान्ति सेना दोब्बर पर्ने नेपालको इच्छा

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १४ गते ६:२४

nepal-army-nepali-sena१३ भदौ, काठमाडौं । सरकारले राष्ट्र संघीय शान्ति सेनामा नेपाली सेनाको संख्या दोब्बर पार्न तयार रहेको जानकारी राष्ट्रसंघलाई गराएको छ ।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उपमहासचिव अतुल खेरसँग सोमबार भएको भेटमा रक्षामन्त्री बालकृष्ण खाँडले राष्ट्रसंघीय शान्ति सेनामा नेपाली सेनाको संख्या बढाउन मात्र नभएर राष्ट्रसंघीय शान्ति सेनामा नेतृत्व लिनसमेत तत्पर रहेको बताए । ‘राष्ट्रसंघीय शान्ति सेनामा नेतृत्व लिन नेपाली सेना सक्षम छ,’ खाणले भने ।

यसेबीच प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रसंघीय शान्ति सेनामा नेपालीहरुको संख्या बढाउनुपर्ने बताएको आजको अन्नपूर्णमा समाचार छ ।

राष्ट्रसंघका उपमहासचिव खेरसँग सोमबार भएको भेटमा प्रधानमन्त्री दाहालले नेपाली सेनाले राष्ट्रसंघ शान्ति मिसनमा कार्यरत रही विश्वका कठिन ठाउँहरुमा शान्ति स्थापनामा गरेको महत्वपूर्ण योगदानको मूल्यांकन गनर्दै नेपालीहरुको संख्या बढाउनुपर्ने धारणा राखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?