‘पाँचौं नेपाल-अफ्रिका फिल्म महोत्सव-२०१६’ सकिएको छ । नीर शाह निर्देशित चलचित्र ‘मसान’ स्त्रिmनिङसँगै ३ दिनसम्म चलेको महोत्सवको समापन गरिएको हो । महोत्सव समापन समारोहका प्रमुख अतिती नायक राजेश हमालले अफ्रिकन चलचित्रले त्यहाँको जनजीवन र विकासको बिषयमा उजागर गरेको बताउँदै उनीहरुबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताए ।
फेस्टिवलमा सहभागी अधिकांश चलचित्रमा गृहयुद्धको चपेटामा परेको जनजीवन चित्रित थिए । हमालले भने, ‘चलचित्र समाजको दर्पण हो, जो कुरा आज अफ्रिकी चलचित्रहरुले दर्साएका छन् ।
कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसनले आयोजना सम्पन्न महोत्सवमा यसपटक नेपाल लगायत विभिन्न नौ अपि|mकी मुलुकका चलचित्र प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा सहभागी हुन नर्वेस्थित ओस्लो युनिभर्सिटीकी प्रोफेसर क्रिस्टिना, युगाण्डा हाई कमिसनका प्रथम सचिव ज्य्राक मुटुङ्गी, तान्जिनियाका चलचित्र निर्देशक मार्टिन महान्दुलगायत एक दर्जनभन्दा बढी चलचित्रकर्मी काठमाण्डौ आएका थिए ।
प्रतिक्रिया 4