१२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु गणतन्त्रलाई आफ्नो आदर्श मान्ने भएको छ । राष्ट्रियता, प्रजातन्त्र र उदारवादलाई आफ्नो आदर्श मान्दै आएको राप्रपाले अब हिन्दु गणराज्यलाई पनि आदर्श मान्ने भएको हो ।
राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबराले ८० प्रतिशत भन्दा बढी जनता हिन्दु धर्मावलम्बी भएको मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र भन्न नमिल्ने बताए । जबराले दशैं तथा तिहार पर्वको अवसरमा पत्रकारसँग शुभकामना साटासाट गर्न बुधबार काठमाडौमा एक कार्यक्रम गरी राप्रपाले अब धर्मनिरपेक्षतालाई स्वीकार नगर्ने बताए ।
२०६२/०६३ सालको जनआन्दोलनपछि पुनस्र्थापित संसद्ले नेपाललाई धर्मरिपेक्ष मुलुक घोषणा गर्दा राप्रपाले स्वागत गरेको थियो ।
राप्रपा अध्यक्ष जबराले हिन्दु राज्यको वकालत गर्दै आएको राप्रपा नेपालसँग पार्टी एकताको सम्भावना नटरेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4