Comments Add Comment

यातायात ब्यवसायीले सांसदसँग भने- छतमा यात्रु बोक्दैनौं

New Buspark Kathmandu (29)
१७ असोज, काठमाडौं । सांसद्हरुले दसैंलाई पैसा कमाउने अवसरका रुपमा मात्र नलिन यातायात व्यवसायीहरुसँग आग्रह गरेका छन् ।

सांसद्हरुले व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा उपस्थित व्यवसायीहरुसँग पैसाका लागि दसैंको हर्षोल्लास मनाउन घर जाने यात्रुहरुलाई जोखिमपूर्ण यात्रा नगराउन आग्रह गरे ।

उनीहरुले सीट क्षमताभन्दा बढी यात्रु बोकेका कारण भएका सवारीसाधन दुर्घटनाको उदाहरण पेश गर्दै यात्रुको स्थानमा आफूलाई राखेर हेरी सुरक्षित यात्रा गराउन व्यवसायीसँग आग्रह गरे ।

सांसद्हरुले छतको जोखिमपूर्ण यात्रा गराउनुको साटो बसको संख्या थप गर्न व्यवसायीहरुसँग आग्रह गरे । जवाफमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालले यात्रुहरुलाई छतको यात्रा नगराइनेमा निश्चिन्त हुन सांसद्हरुसँग आग्रह गरे ।

उनले यात्रुको चापका कारण महासंघले जिल्ला सदरमुकाम र स्थानीय रुटमा चल्ने सबै सवारी साधनलाई काठमाडौं पठाउन निर्देशन दिइसकेको बताए ।

दसैंका बेला २० लाख भन्दा बढी मानिसले काठमाडौ उपत्यका छोड्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment